८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सरकारप्रतिको आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजियो: सचेतक बर्तौला

सरकारप्रतिको आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजियो: सचेतक बर्तौला
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था बिरोधी अभियानमा संगठित गर्न खोजिएको बताउनुभएको छ ।

सचेतक बर्तौलाले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकहरुमा निराशा र आक्रोश बढेको बताउनुभएको हो ।

जनतामा सरकारप्रति निराशा र आक्रोश भएको भन्दै उहाँले सोही निराशा र आक्रोशलाई वर्तमान राजनीतिक प्रणालीको बिरुद्धमा प्रयोग गर्न खोजिएको बताउनु भयो । उहाँले आक्रोशित जनसमुदायलाई व्यवस्था बिरोधी बनाउन र शासकिय प्रवन्धहरुलाई कमजोर बनाउन संगठित गर्न खोजिएको भन्दै त्यो कुरा दिवा सपना मात्रै हुने बताउनु भयो । उहाँले व्यवस्था र संविधानका बिरुद्धमा हुने गतिविधिहरुलाई निस्तेज पारिने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारले ठिक ढंगले डेलिभरी दिन नसक्दा, विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा सरकार स्वयं हिँड्न नसक्दा नागरिकहरुमा एक प्रकारको निराशा भयो । चरम महंगि छ । भ्रष्टाचार छ । तस्करी, कालोबजारी छ । त्यो नियन्त्रणमा आएन । जनताले प्रत्यक्ष त्यसको मार खेप्नु परेको अवस्था छ । जनताको आक्रोश भयो सरकारप्रति । जनतामा ठुलो निराशा आयो देशमा केही हुँदैन कि भन्ने नैराश्यता जनताको तहमा छ र त्यसले आक्रोश बढायो । निराशा बढायो । निराशा र आक्रोश बढेको जनतामा केही धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिहरुले सरकारको बिरुद्धमा आक्रोश हो । सरकारसँग निराशा हो ‘।

‘तर धमिलो पानीमा माछा मार्न खोज्ने शक्तिले आक्रोशित जनसमुदायलाई व्यवस्था विरोधी अभियान र व्यवस्था प्रणालीलाई आघात पार्न विद्यमान शासकिय प्रवन्धहरुलाई कमजोर बनाउन सकिन्छ कि भनेर त्यो आग्रह त्यतातिर संगठित गर्न खोजेको हो । त्यो असम्भव छ । त्यो दिवा सपना मात्रै हो । हामी यो व्यवस्थाको विरुद्धमा, संविधानका विरुद्धमा हुने सबै गतिविधिहरुलाई निस्तेज पार्नका लागि एमाले मैदानमा उभिएर त्यस्ता प्रतिक्रियावादी शक्तिहरु, सरकारको नालायकीपन, अर्कमण्यता, कमजोरी, बेइमानीका कारणले शासकिय प्रवन्ध बिरुद्ध हुन खोजेका, धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्ति बिरुद्ध एमाले सशक्त ढंगबाट उभिन्छ ।’

उहाँले व्यवस्था बिरोधी स्वरहरु सुनिन थाल्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएको उहाँको भनाई छ । उहाँले गणतन्त्रको विकल्प नभएको बताउनु भयो । उहाँले वर्तमान राजनीतिक व्यवस्था नढल्ने भएपनि नेतृत्वले कार्यशैलीमा भने परिवर्तन गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले ठूला राजनीतिक दलहरु मौन बस्दा सरकारले फेरि पनि अस्थिरता, अन्यौलता र अराजकताको खेती गरेको हो कि भन्ने आशंका उब्जिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी पछाडी कालो दिनमा फर्किने कुनै सम्भावना छैन । जनताले रगत र पसिना बगाएर आन्दोलनले स्थापित गरेको यो व्यवस्था हो । यो व्यवस्थालाई कसैले चुनौति दिएर यो ढल्ने, कमजोर हुने अवस्था छैन । तर नेतृत्वले कार्यशैलीमा, सरकारले आफ्नो डेलिभरी दिने कुरामा चुक्नुभएन । सरकार चुकिरहेको छ । यसप्रति पनि हाम्रो खबरदारी छ । व्यवस्थाप्रति नागरिकको भरोसा, विश्वास, प्रणालीप्रतिको आस्था र प्रेम बढाउँदै जानका निम्ति सरकारले डेलिभरी दिनुपर्छ । नागरिकको अपेक्षा अनुरुपको शासन अगाडी बढाउनुपर्छ । संसदका ठुला राजनीतिक दलहरु मौन बस्दा हामीलाई के लागेको छ भने सरकार फेरी पनि देशमा अस्थिरता, अन्यौलता, अराजकताको खेतीतर्फ स्वयं लागेको होइन ? भन्ने हामीलाई चिन्ता लागेको छ ।’

त्यसैगरी,  नेकपा(माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले राजतन्त्र केवल कल्पना मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले नेपाललाई हिन्दु राष्ट्र बनाउने भारतको चाहना बमोजिम नेपालमा आन्दोलनहरु भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राजतन्त्र कल्पना हो । जसरी मानिसले राति सुतेको बेलामा सपना देख्छ त्यस्तै सपना देखाउन खोजिएको हो । र केही विदेशी शक्तिहरुको पनि खेल भइरहेको छ कि राजा आओस् र राजा आएपछि हिन्दु राष्ट्र कायम होस् । त्यो विदेशीको चाहाना हो । भारतको सोच हो कि नेपालमा पहिला हिन्दु राष्ट्र कायम भयो भने भारतमा पनि हिन्दु राष्ट्र कायम गर्छु भनेर योजनावद्ध तरिकाले नेपालमा दुर्गा प्रसाईं जस्ता व्यक्ति, राप्रपालाई उचालेर आन्दोलन गराइरहेको छ ।’

उहाँले गणतन्त्रको औचित्य नसकिएको बताउनु भयो । केही मानिसहरु कराउँदैमा गणतन्त्र समाप्त नहुने उहाँको भनाई छ । उहाँले राजदरबार हत्याकाण्डको छानविन गर्नुपर्ने पनि बताउनु भयो ।