१९ श्रावण २०८३, मंगलवार
,
Latest
युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक राईको माग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा काँग्रेस सांसद कार्कीको प्रश्न–२३ लाख ग्यास सिलिण्डर कता हरायो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटन महिला भलिबल डबल लिग माघको तेस्रो सातादेखि



अ+ अ-

बागलुङ । वि.सं २०६३ सालदेखि आयोजना हुँदै आएको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको १६ औं संस्करण आगामी माघको दोस्रो सातादेखि शुरु हुने भएको छ ।

आयोजक ढोरपाटन स्पोर्ट्स क्लवले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै महिला भलिबलको बहुप्रतिक्षित प्रतियोगिता माघ १२ देखि २२ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो । सो प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोटर््स क्लबको खेलमैदानमा सञ्चालन हुनेछ । पछिल्लो १५औं संस्करण वि.सं.२०७६ सालमा आयोजना भएको थियो । तर, कोरोना महामारीलगायत आर्थिक संकट भएपछि क्लवले तीन वर्षसम्म १६ औं संस्करणको आयोजना गर्न सकेन ।

यद्यपि, लामो समयको अन्तरालपछि महिला डबल लिग भलिबल पुन: सञ्चालनमा आउने भएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मनवीर छन्त्यालले पनि कोरोना महामारी, आर्थिक संकट र नेपाल भलिबल संघको चुनावका प्रतियोगिता गर्न नसकिएको उल्लेख गरे । लामो समयपछि प्रतियोगिता फर्काउन पाउँदा खुशी लागेको उनले बताए । यस वर्ष हुने प्रतियोगितामा ९ टोली सहभागी हुने सम्भावना रहेको अध्यक्ष छन्त्यालले जानकारी दिए ।

तयारीका लागि उपत्यका बाहिरका टोलीलाई ८० हजार, न्युडायमण्ड क्लवलाई ५० हजार र अन्य क्लवलाई ३० हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यस प्रतियोगितामा सबैभन्दा सफल सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सात पटक र पोखराको ज्ञानुबाबा स्कुलले पाँच पटक उपाधि जितेको छ । नेपाल पुलिस क्लव, रिड मोडल कलेजले समान एक पटक जितेको छ । पहिलो संस्करणमा पुरुषहरूको प्रतिष्पर्धा हुँदा त्रिभुवन आर्मीले जितेको थियो । हालसम्म ४३ महिला खेलाडी र तीन दर्शकले पुरस्कारबापत स्कुटर जितेका छन् ।

यस अघिका संस्करणमा एक दर्शकसहित चार खेलाडीलाई स्कुटर प्रदान गर्दै आएको थियो । यस पटक भने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मात्र स्कुटर प्रदान गर्ने आयोजकले जनाएको छ । यस पटक प्रतियोगिताको पुरस्कार राशिमा भने वृद्धि हुँदा विजेताले पाँच लाख १ हजार, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौंले ५० हजार र छैटौं हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लागि ५१ लाख पाँच हजार रुपैयाँ अनुमानित खर्च हुने आयोजकले उल्लेख गरेको छ ।




भर्खरै