३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटन महिला भलिबल डबल लिग माघको तेस्रो सातादेखि



अ+ अ-

बागलुङ । वि.सं २०६३ सालदेखि आयोजना हुँदै आएको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको १६ औं संस्करण आगामी माघको दोस्रो सातादेखि शुरु हुने भएको छ ।

आयोजक ढोरपाटन स्पोर्ट्स क्लवले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै महिला भलिबलको बहुप्रतिक्षित प्रतियोगिता माघ १२ देखि २२ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो । सो प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोटर््स क्लबको खेलमैदानमा सञ्चालन हुनेछ । पछिल्लो १५औं संस्करण वि.सं.२०७६ सालमा आयोजना भएको थियो । तर, कोरोना महामारीलगायत आर्थिक संकट भएपछि क्लवले तीन वर्षसम्म १६ औं संस्करणको आयोजना गर्न सकेन ।

यद्यपि, लामो समयको अन्तरालपछि महिला डबल लिग भलिबल पुन: सञ्चालनमा आउने भएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मनवीर छन्त्यालले पनि कोरोना महामारी, आर्थिक संकट र नेपाल भलिबल संघको चुनावका प्रतियोगिता गर्न नसकिएको उल्लेख गरे । लामो समयपछि प्रतियोगिता फर्काउन पाउँदा खुशी लागेको उनले बताए । यस वर्ष हुने प्रतियोगितामा ९ टोली सहभागी हुने सम्भावना रहेको अध्यक्ष छन्त्यालले जानकारी दिए ।

तयारीका लागि उपत्यका बाहिरका टोलीलाई ८० हजार, न्युडायमण्ड क्लवलाई ५० हजार र अन्य क्लवलाई ३० हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यस प्रतियोगितामा सबैभन्दा सफल सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सात पटक र पोखराको ज्ञानुबाबा स्कुलले पाँच पटक उपाधि जितेको छ । नेपाल पुलिस क्लव, रिड मोडल कलेजले समान एक पटक जितेको छ । पहिलो संस्करणमा पुरुषहरूको प्रतिष्पर्धा हुँदा त्रिभुवन आर्मीले जितेको थियो । हालसम्म ४३ महिला खेलाडी र तीन दर्शकले पुरस्कारबापत स्कुटर जितेका छन् ।

यस अघिका संस्करणमा एक दर्शकसहित चार खेलाडीलाई स्कुटर प्रदान गर्दै आएको थियो । यस पटक भने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मात्र स्कुटर प्रदान गर्ने आयोजकले जनाएको छ । यस पटक प्रतियोगिताको पुरस्कार राशिमा भने वृद्धि हुँदा विजेताले पाँच लाख १ हजार, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौंले ५० हजार र छैटौं हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लागि ५१ लाख पाँच हजार रुपैयाँ अनुमानित खर्च हुने आयोजकले उल्लेख गरेको छ ।