२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप: कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा



अ+ अ-

पोखरा । पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

आर्मीले जितको लागि दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४७ रन बनायो । कोशीका लागि सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाए । समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिए ।

बलिङतर्फ आर्मीका सोमपाल कामी र विवेक यादवले समान २/२ विकेट लिए । बसिर अहमद, जितेन्द्र मुखिया, शाहब आलम र रोहित पौडेलले १/१ विकेट लिए ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक प्रहार गरेका थिए । सन्तोषले ४१ बलमा ५० रन बनाए भने भीम २४ बलमा ५३ रन बनाएर आउट भए। आर्मीका कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ जोडे ।

बलिङतर्फ कोशी प्रदेशका सर्वन यादवले सर्वाधिक ३ विकेट लिँदा कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले १/१ विकेट लिएका थिए ।

यससँगै केपी ओली कप टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहिवार हुने पहिलो सेमिफाइनल बागमती प्रदेश र आर्मीबिच हुनेछ भने दोस्रो सेमिफाइनलमा सशस्त्र र मधेस प्रदेश भिड्नेछन् ।

फाइनल खेल शुक्रबार हुनेछ ।