२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धविरामका बाबजुद गाजामा आपूर्ति संकट जारी



अ+ अ-

एजेन्सी । इजरायल र हमास गाजामा ६ हप्ताभन्दा बढी रक्तपातपूर्ण द्वन्द्वपछि कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शुक्रवारबाट शुरु भएको चार दिने मानवीय युद्धविराममा पुगेका छन् ।

युद्धविराम सम्झौताको आधारमा, हमासले इजरायलमा राखिएका केही प्यालेस्टिनी बन्दीहरूको बदलामा केही बन्धकहरूलाई मुक्त गर्नेछ । इजरायलले खाना, इन्धन र खाना पकाउने ग्यासले भरिएका थप सहायता ट्रकहरूलाई युद्धग्रस्त एन्क्लेभमा प्रवेश गर्न अनुमति दिनेछ ।

शुक्रवारदेखि खाद्यान्न, चिकित्सा उपकरण र पानीका साथै इन्धन र खाना पकाउने ग्यासलगायत मानवीय सहायताले भरिएका ५ सय भन्दा बढी ट्रकहरू रफाह क्रसिङ हुँदै गाजा प्रवेश गरेका छन् । गाजावासीहरू खाना र इन्धन जस्ता आवश्यकताहरूको लागि लाइनमा देखिन्छन् ।

अर्का एक गाजा निवासीले ग्यासका लागि दुई दिनदेखि उभिरहेको बताउनु भयो ।

उहाँले आफू बाच्न चाहेकाले आवश्यकता परिपूर्ति गर्नुपर्ने बताउनु भयो ।