२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धविरामका बाबजुद गाजामा आपूर्ति संकट जारी



अ+ अ-

एजेन्सी । इजरायल र हमास गाजामा ६ हप्ताभन्दा बढी रक्तपातपूर्ण द्वन्द्वपछि कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शुक्रवारबाट शुरु भएको चार दिने मानवीय युद्धविराममा पुगेका छन् ।

युद्धविराम सम्झौताको आधारमा, हमासले इजरायलमा राखिएका केही प्यालेस्टिनी बन्दीहरूको बदलामा केही बन्धकहरूलाई मुक्त गर्नेछ । इजरायलले खाना, इन्धन र खाना पकाउने ग्यासले भरिएका थप सहायता ट्रकहरूलाई युद्धग्रस्त एन्क्लेभमा प्रवेश गर्न अनुमति दिनेछ ।

शुक्रवारदेखि खाद्यान्न, चिकित्सा उपकरण र पानीका साथै इन्धन र खाना पकाउने ग्यासलगायत मानवीय सहायताले भरिएका ५ सय भन्दा बढी ट्रकहरू रफाह क्रसिङ हुँदै गाजा प्रवेश गरेका छन् । गाजावासीहरू खाना र इन्धन जस्ता आवश्यकताहरूको लागि लाइनमा देखिन्छन् ।

अर्का एक गाजा निवासीले ग्यासका लागि दुई दिनदेखि उभिरहेको बताउनु भयो ।

उहाँले आफू बाच्न चाहेकाले आवश्यकता परिपूर्ति गर्नुपर्ने बताउनु भयो ।