८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कोप २८ जलवायु शिखर सम्मेलनमा बाइडेन सहभागी नहुने

कोप २८ जलवायु शिखर सम्मेलनमा बाइडेन सहभागी नहुने
अ अ+ अ-

वासिङ्टन । अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुमाउने एक अमेरिकी अधिकारीले आइतबार बताएका छन् ।

बिहीबार सुरु हुन लागेको कोप२८ मा राष्ट्रिय नेताहरू र पोप फ्रान्सिससहित करिब ७० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन हुनसक्छ ।

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसका लागि ह्वाइट हाउसले जारी गरेको तालिकामा यो साता उहाँहरू दुबई जाने उल्लेख छैन । बाइडेनको व्यस्ततामा वायु ऊर्जामा अमेरिकी लगानी उजागर गर्नका लागि कोलोराडोको भ्रमण, अङ्गोलाका राष्ट्रपतिसँग बैठक र राष्ट्रिय क्रिसमस ट्रिको प्रकाश सामेल छन् ।

बाइडेनले यो साता कोप२८ मा वा डिसेम्बर १२ को वार्ताको अन्त्यको दोस्रो सत्रमा भाग लिने योजना नबनाएको एक अमेरिकी अधिकारीले पुष्टि गर्नुभएको छ । दुबईमा एउटा उच्चस्तरको अधिकारीलाई पठाउने वा नपठाउने भन्नेबारेमा बाइडेन प्रशासनले छलफल गरिरहेको नाम नछाप्ने शर्तमा ती अधिकारीले बताए ।

पूर्वविदेशमन्त्री, सिनेटर तथा अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नुहुनेछ । बाइडेनले कोप२८ मा भाग नलिने निर्णयको कारणबारे ती अधिकारीले केही बताएनन् । यद्यपि बाइडेनले एक महिनाभन्दा लामो समयदेखि इजराइल र हमासबीचको युद्धमाथि ध्यान केन्द्रित गरिरहनुभएको छ र अमेरिकी राष्ट्रपति निर्वाचनका लागि एक वर्षभन्दा पनि कम समयमा घरेलु एजेन्डालाई उजागर गर्न खोजिरहनुभएको छ ।

बाइडेनसम्म अमेरिकी राष्ट्रपतिका लागि प्रत्येक कोप शिखर सम्मेलनमा भाग लिने चलन थिएन । आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प पेरिस जलवायु सम्झौताबाट बाहिरिएपछि अमेरिकाले पुन: जलवायुमाथि विश्वव्यापी नेतृत्वको भूमिका निर्वाह गर्ने प्रतिज्ञा गर्नका लागि सन् २०२१ मा बाइडेनले ग्लासगोको भ्रमण गर्नुभएको थियो ।

ह्वाइट हाउस जान खोजिरहनुभएका ट्रम्प जलवायुप्रति संशयवादी हुनुहुन्छ र यो कार्य अमेरिकाका लागि अत्यन्त महङ्गो हुने बताउनुहुन्छ ।

राष्ट्रपति बाइडेनले गत वर्ष पुन: इजिप्टको शार्म अल–शेखमा कोप२७ को एउटा छोटो भ्रमण गर्नुभएको थियो । तथाकथित मुद्रास्फीति न्यूनीकरण ऐन र विद्युतीय कारका लागि प्रोत्साहनसहित हरित अर्थतन्त्रका लागि अर्बौं डलरको लगानी गर्दै उहाँले घरेलुस्तरमा जलवायुलाई उच्च प्राथमिकता दिनुभएको छ ।

कोप२८ शिखर सम्मेलनअघि केरीले आफ्ना चिनियाँ समकक्षी झि झेनहुआसँग विस्तारित वार्ता गर्नुभएको थियो । उहाँहरूले विश्वका सबैभन्दा दुई ठूला हरितगृह ग्यास उत्सर्जक आ–आफ्ना मुलुकले दुबईमा प्रगतिका लागि मिलेर काम गर्ने वाचा गर्नुभएको थियो । रासस