६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी बनाई दिने भनी रकम ठगी गर्ने १ जना पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । राहदानी बनाई दिने भनी रकम लिई ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका–५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्‍वरस्थित राहदानी बिभागमा राहदानी बनाउन आएका सर्लाही ईश्‍वरपुरका एक व्यक्तिलाई माघ १८ गते राहदानी बनाईदिने भनी १२ हजार रुपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मनोजलाई पक्राउ गरेको हो ।

उनी उपर ठगी, आपराधिक बिश्‍वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।