८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

स्वास्थ्य मन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग

स्वास्थ्य मन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग
file photo
अ अ+ अ-

काठमाडौँ । डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् ।

आफूमाथि स्वास्थ्य मन्त्रीले ‘घोर आपत्तिजनक अभिव्यक्ति’ दिएको भन्दै डा. केसीले उनको पलमुम्तको माग गरेका हुन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीका स्वास्थ्य मन्त्री माफीयाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्य मान्यताको बरखिलाफ हो, निजलाई तत्काल पदमुक्त गरियोस् ।’

शनिबार स्वास्थ्य मन्त्री बस्नेतले डा. केसी मेडिकल गिरोहबाट सञ्चालित रहेको आरोप लगाएका थिए। उनले डा. केसीका आन्दोलनमा सहभागी हुने चिकित्सक र कर्मचारीलाई कारबाही गर्ने धम्कीसमेत दिएका थिए। डा. केसीले आफूमाथि स्वास्थ्यमन्त्रीले लगाएका आरोप कपोलकल्पित, झुठा रहेको बताएका छन्।

गुणस्तरिय, निस्शुल्क, सस्तो, सुलभ स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्न र सुशासनका लागि आफू संघर्षरत रहेको उनको भनाई छ । उनले भनेका छन, ‘माफियाहरुको तर्फबाट स्वास्थ मन्त्रीको यो थप नयाँ प्रयास हो। डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् विदेशीनु पर्यो, भारतको सिमाना क्षेत्रमा धेरै नर्सिङ कलेज खोले भन्ने जस्ता तथ्यहिन हल्ला फैलाइयो। नेपालमा चिकित्सा शिक्षा ऐन निर्माण भए यता विदेशमा पढ्न जानेको संख्या गुणात्मक रूपमा कम भएको छ भने कति निजी मेडिकल कलेज, नर्सिङ र अन्य स्वास्थ्यसम्बन्धी विषयका शिक्षालयहरूका सिटहरू भर्ना हुने विद्यार्थीहरु नपाएर खाली गई रहेको कुरा सिटिइभिटीअन्तर्गतका निजी शिक्षालयहरूले गोरखापत्र लगायतका पत्रिकाहरूमा भर्नाको को लागि पुन: दोहोर्‍याई(तेहर्‍याई विज्ञापन गर्नुले दर्जनौं सिट विद्यार्थीहरु नपाएर खालि गई रहेको कुरा प्रमाणित हुन्छ’।

सरकारी निकायको टोलीले स्थलगत अनुगमन गरेर भारततिर कुनै नयाँ नर्सिङ कलेज स्थापना नभएको प्रतिवेदन दिएको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले भने, ‘पद सम्हालेयता स्वास्थ्य मन्त्रीले मर्यादाविपरीतका क्रियाकलाप गरी आइरहेका छन्। सुरूदेखि नै स्वास्थ्य मन्त्री माफियाहरूको पक्षमा नग्न रूपमा नै वकालत गर्दै आइरहेका छन्। सम्बन्धित निकायहरूलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन् । ‘मन्त्रीले बुझ्ने क्षमता छ भने के बुझ्नु पर्छ भने अहिले नेपालमा राणातन्त्र वा पञ्चायततन्त्र छैन। प्रजातान्त्रिक मूल्यमान्यताअनुसार चल्नुपर्छ।’

स्वास्थ्य मन्त्रीले गैरलोकतान्त्रिक क्रियाकलाप गरे प्रधानमन्त्री प्रचण्ड जवाफदेही हुनुपर्ने बताउदै आफूहरूबीच भएका सम्झौता कार्यान्वयन गर्न मंसिर २८ गतेसम्म समयसिमा दिएका छन् । उनले माग पूरा नभए मंसिर २९ गतेदेखि थप कडा मागसहित सत्याग्रहलगायत कार्यक्रमसहित सशक्त आन्दोलन सुरू गर्ने चेतावनि समेत दिएका छन् ।