• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

पूर्वराजा ज्ञानेन्द्र शाह झापामा



फाईल फोटो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाको मेचीनगर पुग्नु भएको छ ।

तीन बजे बुद्ध एयरको उडानबाट पूर्वराजा झापा जानु भएको हो । बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरणका लागि पूर्वराजा झापा जानुभएको हो ।

उहाँको भ्रमण व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै रहनु भएको छ । पूर्वराजा शाह मेचीनगरको ईटाभट्टामा रहेको मेची क्राउन बस्नु भएको छ ।