२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको आक्रमणबाट दुईको मृत्यु



फाईल फोटो
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ९:४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको हो ।

यसैगरी नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं १६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार साँझ घर नजिकै नारायणी नदीमा माछा मार्न गएका परियार आज मृत अवस्थामा फेला परेका हुन् ।

बिहीबार साँझ परिवारको सम्पर्कमा नआएका उनलाई आज बिहान खोजतलास गर्दा फेला परेको प्रहरीले जनाएको छ । रासस