८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आम जनताको मनोबल बढाउन सरकार र राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्छ: अध्यक्ष ढकाल

आम जनताको मनोबल बढाउन सरकार र राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्छ: अध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम जनता र लगानीकर्ताको मनोबल बढाउन नेपाल सरकार र नेपाल राष्ट्र बैंक दुवैले विशेष कदम चाल्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन समारोहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक भएपनि आम जनता र लगानीकर्ताको मनोबल बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताउँदै मनोबल बढाउन स्पष्ट सन्देश दिनेगरी नेपाल सरकार र नेपाल राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्ने बताउनुभएको छ ।

“केही दिन पहिले प्रधानमन्त्रीज्यूले बोलाएको सर्वपक्षीय र सर्वदलीय बैठकमा अर्थमन्त्रीज्यू र गभर्नरज्यूले दिएको तथ्याङ्कले अब अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाएको छ । तर, साना व्यवसाय र साना व्यवसायीबाट सुरुभएको समस्या अब ठूला व्यवसायी र व्यवसायमा देखिन थालेको छ । बैंकमा बढेको एनपीएलले पनि त्यो संकेत गर्दछ । बैंकको नाफा घट्दा पुन: बैंकले दाखिला गर्ने सरकारी करमा नै असर पर्ने हो । खर्च र आम्दानीको फरक बढ्दो देखिएको छ । साधारण खर्च बढेको देखिन्छ तर त्यसको तुलनामा आम्दानी खुम्चिदो छ । यसले अर्थतन्त्र सुधार गर्न अझै मिहिनेत गर्नुपर्ने देखाउँछ ।” उहाँले भन्नुभयो ।

सर्वपक्षीय वैठकमा पनि मैले भनेको थिए । अहिलेको प्रणालीलाई कमजोर नबनाई नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले केही लचकता अपनाउने हो भने मात्र पनि अर्थतन्त्रलाई पुन: लयमा ल्याउन सकिन्छ । यसमा सुधार ल्याउन सकिन्छ । आम जनता र लगानीकर्ताको मनोबल बढाउन सकिन्छ, उहाँले भन्नुभयो ।उहाँले आम जनतामा एउटा म्यासेज दिने काम सरकारले गर्नुपर्ने बताउनुभयो ।

“सरकारको पुँजीगत खर्च भएन भनिएको छ । त्यसलाई बढाउन आवश्यक छ । भएको खर्चको भुक्तानी पनि रोकिएको छ । त्यसलाई तत्काल रिलिज गर्दिने हो भने यसले बजारमा पैसाको फ्लो बढाउने र आर्थिक गतिविधि बढाउनेछ । त्यसैगरी, मूल्य अभिवृद्धि करको पैसा ६ महिनापछि फिर्ता गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । खासगरी दीर्घकालिन र उत्पादनमूलक क्षेत्रमा गरिने लगानीमा लगाएको मूल्य अभिवृद्धि करलाई फिर्ता गर्न सकियो भने यसले सकारात्मक सन्देश जानेछ । व्यवसायीलाई उत्साही बनाउनेछ,” उहाँले भन्नुभयो, “सरकारले फिर्ता गर्ने पैसा धेरै हुदैन । तर यसबाट दिने सन्देश निकै महत्वपूर्ण हुनेछ ।”

त्यस्तै नेपाल राष्ट्र बैंकले अहिलेको प्रणालीलाई नबिगारी साना तथा मझौला व्यवसायलाई संकटबाट बाहिर ल्याउन विशेष उपकरण ल्याउन आग्रह गर्नुभयो ।

अफ्ठ्यारो समयमा नेपाल राष्ट्र बैंक लचिलो हुँदा बैंक तथा वित्तीय संस्थाले पनि लचिलो भएर व्यवसायीहरुलाई ऋण दिएको तर अहिले व्यवसायीहरु अफ्ठ्यारोमा रहेकोले नेपाल राष्ट्र बैंकले कसिलो नीति लिएर व्यवसायीलाई अफ्ठ्यारोमा पार्नु र निजी क्षेत्रलाई मात्र दोष दिनुभन्दा उनीहरुलाई सहज हुनेगरी लचिलो भएर आउन आग्रह गर्नुभयो ।

कर दिवसमा सबैभन्दा धेरै आयकर कर दाखिला गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने प्रचलनले निजी क्षेत्र र करदातालाई प्रोत्साहन गरेको बताउँदै अध्यक्ष ढकालले कर तिर्दा सरकारले सम्मान गर्छ भन्ने कुरा प्रत्येक वर्ष बढ्दै गइरहेको र यो सरकार तथा निजी क्षेत्रबिच सहकार्य गर्ने एउटा महत्वपूर्ण दिनको रुपमा पनि रहेको बताउनुभयो ।
उहाँले अर्थतन्त्र सुधारका लागि सरकारले लिएको इनिसिएसनले मात्र शेयर बजारमा सुधार देखिएको बताउँदै केही सकारात्मक परिवर्तन हुने गरी सुधारको सन्देश दिन सरकारलाई आग्रह समेत गर्नुभयो ।
हरेक वर्ष कर दिवसमा सम्मान पाउने तर सिंहदरवार छिर्नलाई अनेक झमेला गर्नुपर्ने निजी क्षेत्रको गुनासो तत्काल सम्बोधन गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
उहाँले कर दिवसमा निजी क्षेत्रलाई गरिएको सम्मानले करको माध्यमबाट निजी क्षेत्रको भूमिका पनि प्रष्ट भएको बताउनुभयो ।

“निजी क्षेत्र कति जिम्मेबार छ भन्ने कुरा म राख्न चाहन्छु । केही वर्ष पहिले, कोभिड महामारीको समयमा अदालतले निजी क्षेत्रलाई कर दाखिला गर्न दिएको समयका वाबजुद निजी क्षेत्रले सरकारको आग्रहमा समयमै कर दाखिला गरेर राज्यलाई करको टार्गैट भेटाउन तत्कालिन अवस्थामा गरेको सहयोगले पनि निजी क्षेत्र जिम्मेबार छ भन्ने देखाउँछ । अदालतले केहि समयपछि कर तिर्दा हुन्छ भन्दाभन्दै पनि हामीले त्यसबेलामा गरेको सहयोगले हामी निजी क्षेत्र वास्तवमै जिम्मेवार छौ भन्ने देखाउँछ ।”

उहाँले राज्यले सहजीकरण गर्ने हो भने नेपालको अर्थतन्त्रमा ८१ प्रतिशतभन्दा धेरै रहेको निजी क्षेत्रको योगदान बढाउन सकिने कुरा जानकारी गराउनुभयो ।

“राजश्वसँग सम्बन्धित कुराहरु गर्दा कतिपय कानुनी कुराहरु छन्, कतिपय प्रक्रियागत कुराहरु छन्, र कतिपय पूर्वाधारसँग सम्बन्धित विषयहरु रहेका छन् । कानूनीरुपमा हेर्दा आयकर, मूल्य अभिवृद्धि कर ऐनमा केही सुधार आवश्यक छ । राजश्व चुहावट रोक्नुपर्ने कुराहरु छन् भने कतिपय कुराहरु अहिलेका नीतिहरु कार्यान्वयन नभएको अवस्था छ । त्यसलाई सुधार गर्ने हो भने कर पनि बढ्ने र निजी क्षेत्रलाई सहज हुने हुनसक्छ,” उहाँले भन्नुभयो ।
अहिले केही कुरा सकारात्मक पनि भएको बताउँदै यसलाई थप सबल बनाउन सरकार तथा नेपाल राष्ट्र बैंकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले विदेशी विनिमय संचिति अहिलेसम्मकै धेरै रहेको, रेमिट्यान्स आप्रवाह र पर्यटक आगमनमा उत्साह देखिदा पनि आम जनतामा किन मनोवल बढाउन सकिएन भन्ने कुरा गम्भिर रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष समेत रहेका ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गर्नुभएको छ ।