२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वाधीनतामा आँच आउने फिल्ममा रोक लगाउन सेन्सर बोर्डलाई बालेनको पत्र



file photo
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ’चलचित्र जाँच समितिको कार्यविधि, २०७४’लाई पूर्ण कार्यान्वयन गर्न फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पत्र पठाउदै बालेनले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका चारबुँदे सुझाव दिएका छन् ।

मेयर बालेन साहले एक सूचना जारी गर्दै ‘चलचित्र जाँच समितिको कार्यविधि, २०७४’ को दफा ४ को उपदफा १ लाई पूर्ण रूपमा कार्यान्वयन गरी विभिन्न विषय बस्तुलाई प्राथमिकतामा राख्न समेत अनुरोध गरेका छन् । कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवादमा रोक लगाउन उनले माग राखेका छन् ।

चलचित्रले समाजमा पार्ने सकारात्मक प्रभाव उल्लेखनीय रहेको बताउँदै मेयर साहले चलचित्रको निर्माण तथा प्रदर्शनमा महानगरको सकारात्मक साथ रहने बताएका छन् । कार्यविधि अनुसार प्रतिबन्धित चलचित्रको दृश्य तथा संवाद सहितको चलचित्र प्रदर्शनमा आएको खण्डमा महानगरपालिकाले प्रचलित कानुन बमोजिम आवश्यक कदम चाल्ने चेतावनी समेत दिएको छ ।