२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पपीडितलाई एक रुपैँया सहयोग गर्न ट्रेड युनियन कांग्रेसको आग्रह



जाजरकोट भूकम्प (फाईल फोटो)
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले भूकम्पपीडितलाई एक रुपैँया सहयोग गर्न आफ्ना सदस्यलाई आग्रह गरेको छ ।

युनियनका कार्यवाहक महासचिव बलदेव तामाङले एक विज्ञप्ति जारी गरी गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका पीडितलाई युनियनले स्थापना गरेको भूकम्प पीडित सहयोग कोषमा एक रुपैँया सहयोग गर्न आग्रह गर्नुभएको हो ।

कार्यवाहक महासचिव तामाङले युनियनले स्थापना गरेको राष्ट्रिय वाणिज्य बैँक नयाँ बानेश्वर शाखाको १४२०१००००४५४७००१ नम्बरको खातामा रकम जम्मा गर्न सकिने बताउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अनुसार हाल देशभर झण्डै पाँच लाख श्रमिक युनियनमा आवद्ध छन् ।