८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चाडपर्व पछि सुनसान भए गाउँबस्ती

चाडपर्व पछि सुनसान भए गाउँबस्ती
अ अ+ अ-

गलेश्वर । हेमन्त ऋतुको सुरुआतसँगै आकाश छ्याङ्गै उघ्रिएको छ । पाहारिलो घामको स्पर्शले कलकलाउँदो प्रकृतिमा नयाँ रौनक थपिएको छ । उत्तरपट्टि सेता हिमाल अत्यन्त मनमोहक देखिन थालेका छन् । पर्यटकीयस्थलमा पर्यटकहरु रमाइहेका भए पनि म्याग्दीका गाउँबस्तीहरु भने सुनसान भएका छन् ।

दसैँ–तिहारजस्ता चाडपर्व मनाउन लामो बिदामा गाउँ आएकाहरु आ–आफ्नो कार्यक्षेत्रतिर फर्किएपछि गाउँबस्ती सुनसान देखिएका हुन् । अध्ययन, रोजगार तथा विभिन्न कामले बजार क्षेत्रमा बस्दै आएका दसैँ–तिहार मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै गाउँ आएका धमाधम बजार झर्न थालेपछि गाउँ सुनसान बन्न थालेका मङ्गला गाउँपालिका–५ छिसबाङका विकल सेनले बताउनुभयो ।

“केही दिन गाउँघरमा निकै रमाइलो भयो । देश विदेशमा रहेका आफन्तहरुसँग भेटघाट, रमाइलोले दिनहरु बितेको पत्तै भएन,” उहाँले भन्नुभयो, “चाडपर्व सकिएसँगै गाउँ आएकाहरु आ–आफ्नो कार्यक्षेत्रमा फर्किन थाले । हेर्दाहेर्दैै त्यति रमाइलो गाउँ फेरि सुनसान र विरक्तलाग्दो हुन थालेको छ ।”

म्याग्दीका छ वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा धान, कोदो थन्काएर गहुँ छर्ने, आलु रोप्ने याम सुरु भएको छ । अहिले गाउँमा मानिसहरु अत्यन्त कम छन् । कृषिमा जनशक्तिको अभाव भएपछि जमिन बाँझै राख्न किसान बाध्य छन् । मालिका गाउँपालिका–६ की देवी घर्तीले भन्नुभयो, “दसैँ–तिहारको बेला गाउँमा जत्तिको रमाइलो कही भएन । चाडपर्व सकिएसँगै गाउँ खाली हुन थालेको छ । अहिले गाउँमा युवा पुस्तालाई देख्नै मुस्किल पर्छ । बूढाबूढी र विद्यालय जाने उमेरका बालबालिकाबाहेक अरू गाउँमा देखिँदैनन् ।”

“यहाँका ग्रामीण क्षेत्रका अधिकांश मानिस, पोखरा, काठमाडौँ, बुटवल, चितवन, बेनीलगायत ठूला सहरमा बसाइँसराइ गरेर गएका छन् । युवाहरु विदेश छन् । हिजोआज गाउँमा बस्नेको सङ्ख्या निकै कम हुँदै गएको छ”, मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसीले भन्नुभयो ।

अहिले सहरको सेवा सुविधा बिस्तारै गाउँमा पनि पुग्न थालेको छ । सबै गाउँमा यातायातको पहँुच छ । शिक्षा, स्वास्थ्य र सञ्चारको पनि राम्रो सुविधा गाउँमा भए पनि युवा पुस्ता सहर केन्द्रित हुन थालेपछि विकास र सुविधाको उपयोग गर्नेहरुसमेत नपाइने अवस्था उत्पन्न हुन थालेको मालिका–२ की मीना पुनले बताउनुभयो । “गाउँमा पुगेको सेवासुविधाभन्दा थप सेवासुविधा खोज्दै अधिकांश बजार झर्दा गाउँमा बूढापाका र बालबालिका मात्रै छन्”, उहाँले भन्नुभयो, “बिस्तारै गाउँ रित्तिँदै जान थालेको छ । दसैँ–तिहारजस्ता ठूला चाडपर्वमा केही दिन रमाइलो हुन्छ, त्यसपछि फेरि गाउँबस्ती सुनसान हुन थालेका छन् । ”

चाडपर्वले अपनत्वको बोध गराउने हुँदा सबै मानिसहरु आफ्नै जस्ता लाग्ने पुनको भनाइ थियो । वर्षौंदेखि टाढा रहेका आफन्तसँगको मिलन निकै रमाइलो हुने उहाँले बताउनुभयो ।

“दसैँको फूलपातीको दिनदेखि तिहारको भोलिपल्टसम्म गाउँघरमा जता गए पनि आफन्त भेटिन्थे । तिहार सकिएपछि वरपरका छरछिमेकी सबै बजार झरे, दसैँ–तिहार मनाउन विदेशबाट बिदा लिएर आएकाहरु पनि फर्किए । त्यसपछि गाउँबस्ती सुनसान हुन थालेको छन्”, दरबाङका मीन सुनारले भन्नुभयो ।

पश्चिम म्याग्दीका धेरै जसो ठाउँबाट सहर र तराई झर्नेको सङ्ख्या धेरै रहेको स्थानीय स्थानीय रणबहादुर सिउथानीले बताउनुभयो । “बसाइँसराइ गरेर तराई झरेकाहरु दसैँ–तिहार र कूल पूजाका लागि गाउँ उक्लिने गर्छन्”, उहाँले भन्नुभयो, “दसैँ–तिहारभरि गाउँमा चहलपहल भए पनि अहिले घरहरु खाली हुँदै गएका छन् ।” गाउँमा रोजगारको राम्रो अवसर र सेवासुविधा नहुँदा धेरैले सहर बजार र सुविधा सम्पन्न ठाउँ खोज्ने सिउथानीको भनाइ छ ।

एक दशक अगाडिसम्म मालिका–५ देवीस्थान गाउँमा खेतीपाती गरेरै जीवन निर्वाह गर्ने धेरै हुने गरेका भन्दै अचेल हुने खानेहरु सबै बजार झर्न थालेका देवीस्थानका पदम बुढाले बताउनुभयो । धेरैको रोजाइ सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमारामा परिणत हुँदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । रासस