२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेट्रोफिटिङ भवनमा प्रवेश गर्दै प्रधानमन्त्रीले भन्नुभयो– ‘अब अलि बढी फुर्छ होला’ (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रेट्रोफिटिङ गरी बनाईएको नयाँ कार्यालयमा सर्नुभएको छ ।

२०७२ सालको भूकम्पले सो भवनमा क्षति पुगेपछि त्यसलाई पुनर्निर्माण गरी तयार गरिएको हो । नयाँ कार्यालयमा प्रवेश गर्नुभएको अवसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गर्नुभयो ।

‘१२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ पुरा भएको छ । पहिलेको ठाउँमा बस्दा गुम्म परेको, फ्रेस नहुने जस्तो लाग्थ्यो।’, उहाँले भन्नुभयो, ‘यो ठाउँमा आउँदा बरन्डाहरू पनि हेर्न पाइने, स्पेस पनि ठुलो छ, त्यसैले अलि बढी फुर्छ होला भन्ने महसुस गरेको छु । अब नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ ।’

 

तस्बिरहरू: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय