८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि

इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि
file photo
अ अ+ अ-

दोहा । इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ ।

“मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ”, कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “सम्झौतामा इजराइली जेलहरूमा थुनिएका प्यालेस्टिनी महिला तथा बालबालिकाको रिहाइको सट्टामा गाजापट्टीमा हालै बन्धक बनाइएका ५० महिला तथा बालबालिकाको रिहाइ समावेश छ, उक्त सम्झौता कार्यान्वयन भएपछि विभिन्न चरणमा रिहा गरिने मानिसहरूको सङ्ख्या बढाइने सहमति भएको छ ।”

अस्थायी युद्धविराम र मानवीय सहायताका लागि पहुँचको सट्टामा गाजामा बन्दी बनाइएका दुई सय ४० जनामध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले कतार केही सातादेखि पर्दा पछाडि गहन वार्तामा संलग्न रहेको छ ।

उक्त सम्झौता इजिप्ट र अमेरिकाका साथै हमास र इजराइलसँग गरिएको र ‘मानवीय आवश्यकताहरूका लागि तोकिएको इन्धनसहित ठूलो सङ्ख्यामा मानवीय समूह र राहत सहयोगको प्रवेश’ समावेश गरिएको कतारले बताएको छ ।

कतारको विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल–अन्सारीले हमासले बन्धक बनाएका ५० जनालाई चार दिने युद्धविरामका क्रममा क्रमिकरूपमा रिहा गरिने एएफपीलाई बताउनुभयो । “युद्धविराम सुरु हुन्छ र फेरि चार दिनभित्र प्रत्येक दिन हामीसँग धेरै बन्धक बाहिर आउने छन् र चौथो दिनसम्ममा यो सङ्ख्या ५० सम्म पुग्नुपर्छ”, उहाँले भन्नुभयो ।

हमासले रिहा गर्ने सुरुआती ५० महिला तथा बालबालिका सुरुआती चार दिनको युद्धविराम लम्ब्याउन थप बन्धकको रिहाइ पछि गरिने आशा गरिएको थियो ।

“यदि त्यतिबेलासम्म प्यालेस्टिनीहरूले अतिरिक्त सङ्ख्यामा प्रतिबद्धता गर्न सके भने युद्धविरामलाई बढाउन सकिने छ”, अन्सारीले भन्नुभयो, “यी मापदण्डअन्तर्गत सबै नागरिकहरूलाई बाहिर निकाल्न केही समय लाग्नेछ, हामीले कति मानिसलाई छोड्यौँ भन्ने पत्ता लगाउन पनि केही समय लाग्नेछ ।”

उहाँका अनुसार इजराइल र हमासबीचको अस्थायी अन्त्य तुरुन्तै लागु हुने छैन र धरातलीय स्तरमा तयार हुनका लागि केही समय आवश्यक हुनेछ । उहाँले बन्धक र जेलमा रहेका बन्दीहरूको आदानप्रदानमा रेड क्रिसेन्टका कर्मचारीका साथै इजराइल, हमास र कतारका अधिकारीहरूले सहजीकरण गर्ने जानकारी दिनुभयो ।

कतारका प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसमेत रहनुभएका प्रवक्ता अन्सारीले बन्धकहरूलाई स्थानान्तरण गर्ने अवधिमा गाजामा इजराइली कारवाही अस्थायीरूपमा रोकिने बताउनुभयो । “सम्झौताअन्तर्गत रिहा हुनेमा कुनै पनि सैन्य बन्दी छैनन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार यो त्यस्तो क्षेत्र हो जहाँ वार्ता अगाडि बढाउनका लागि विश्वास निर्माण गर्नुपर्नेछ ।