२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयपूर्व जन्मिएको शिशुकी आमाको डर: ‘मेरा बच्चा बम बिष्फोटमा मारिनेछन्’



अ+ अ-

एजेन्सी । इजिप्टले सोमवार गाजा पट्टीबाट रफाह क्रसिङ हुँदै समयपूर्व जन्मिएका २८ शिशुहरू प्राप्त गरेको छ । एक शिशुकी आमाले द्वन्द्वको समयमा आफूले गरेको संघर्षको पीडा र अनुभव सुनाउनु भयो ।

इजरायल र हमास द्वन्द्वमा नै आफ्ना छोराछोरीको मृत्यु हुने डर उहाँलाई छ । द्वन्द्वको तेस्रो दिन हमासबाट दक्षिणतिर सर्न बाध्य भएपछिको पीडा सुनि नसक्नु छ । आक्रमणकारीले आफूलाई निवास छोड्न आदेश दिएपछि सो स्थानमा बिष्फोट गरेको र आफ्नो घर र सम्पती सबै गुमेको उहाँले बताउु भयो ।

उहाँले भन्नुभयो, ‘म अल–शिफा अस्पताल गएँ । हामीले अनुमान गरेका थिएनौँ कि तिनीहरू (इजरायल) बम बिस्फोट गर्नेछन् । अस्पताल र त्यहाँका बालबालिका बम विष्फोटको कारण पीडित हुनेछन् ।’

उहाँले भन्नुभयो, दस दिनअघि, डाक्टरहरूले मेरो समयपूर्व जन्मिभएको छोरीलाई अक्सिजनबाट निकाले र तिनलाई खुवाउन र स्वस्थ वजन बढाउन मद्दत गर्ने प्रयास गरे । यी दश दिनहरूमा, तिनीहरू (इजरायली सेना) ले अस्पताललाई घेरे र कुनैपनि आपूर्ति र उपकरणहरू प्रवेश गर्नबाट रोके । जब मेरो बच्चाको अवस्था बिग्रियो, डाक्टरहरूले उसलाई फेरि अक्सिजन दिए । उनको अवस्था त्यहाँका बालबालिकाहरूमध्ये सबैभन्दा गम्भीर थियो । जब म राफा क्रसिङमा आइपुगँे, प्रक्रिया सरल थियो । तिनीहरूले मलाई यहाँ (इजिप्टमा) अस्पताल आउन भने ।’

‘म केही घण्टापछि यहाँ आइपुगेँ र इजिप्टका जनताले न्यानो स्वागत गरे । म मेरा तीन छोराछोरीबाट अलग भएँ । मसँग उनीहरूलाई अँगालो हाल्ने समय थिएन । मैले अलविदा भनेको छैन । म मेरो छोरीलाई बचाउन गएँ, जो डरलाग्दो अवस्थामा थियो । मलाई डर छ कि, मेरा छोराछोरीहरू बम बिस्फोटमा मर्नेछन् । गाजामा बालबालिका र महिलाहरू मरिरहेका छन्। जब हामी बिस्थापित र भट्किरहेका थियौं, मलाई र बच्चाहरूलाई चिसो जाडोबाट जोगाउने केही थिएन, पाल पनि थिएन।’




भर्खरै