२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपि ओली कप: सन्दीपको कप्तानीमा बागमती प्रदेशको टोली घोषणा



file photo: can
अ+ अ-

काठमाडौं । पोखरामा हुने केपी ओली कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बागमती प्रदेशको कप्तानी गर्ने भएका छन् ।

मङ्गलवार बागमतीले सन्दीपको कप्तानीमा प्रतियोगिता खेल्ने १४ सदस्यीय टोलीको टोली घोषणा गरेको हो। टीममा सिनियर टोलीबाट सन्दीप र प्रतिश जि. सि तथा नेपाली टोलीबाट खेली सकेका इशान पाण्डे रहेका छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मंसिर ७ देखि १५ गतेसम्म पोखरामा प्रथम केपी ओली कप टी२० क्रिकेट हुँदैछ । प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।

बागमतीको टोली:

सन्दीप लामिछाने(कप्तान), शुभ कान्साकार, आषुतोश घिरैया, रित गौतम, गौरव खड्का(विकेटकिपर), रोशन विक, प्रतीक श्रेष्ठ, सोनु देवकोटा, इशान पान्डे, सुवाश खत्री, प्रतिश जिसि, रामनरेश गिरि र दिपेश श्रेष्ठ ।