२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.13

Wind: 1.03

Humidity: 72

Latest
अर्थमन्त्री पौडेलसमक्ष उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन बुझायो, के छन् अर्थतन्त्र सुधारका सुझाव ? राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधे सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण आज पनि देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता विश्वप्रसिद्ध बिस्का : जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काईंदै यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन् फुर्वा शेर्पाको निर्देशनमा बनेको पञ्जावी भिडियो ‘खर्चा मार दा’ को चर्चा चुलिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी



अ+ अ-

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको हो ।

विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि नेपालमा यहाँ र काठमाडौँको थानकोटमा मात्र प्रयोगमा रहेको जानकारी दिनुभयो । “दक्षिण भारतबाट भित्र्याइएको यो प्रविधिबाट एकै पटकमा पाँच वटा भाडामा तीन सय विद्यार्थी, शिक्षक र कर्मचारीलाई खाना पकाउने गरेका छौँ,” उहाँले भन्नुभयो, “पन्ध्र–बीस मिनेटमै सबैलाई पुग्ने खाना तयार हुन्छ । यसमा खाजा तथा चिया पकाउन पनि सजिलो छ ।”

फलामको पाइप लाइनबाट आगोको भट्टिमाथि राखिएको ६० लिटर क्षमताको फलामकै घ्याम्पोमा आउने पानी तताएपछि उत्पन्न हुने वाफलाई अर्को कोठामा रहेका भाडामा पुर्‍याउने संरचना जडान भएको तुलाचनले बताउनुभयो । उहाँले ३०र३० लिटर क्षमताका भाडा माझ्न र सफा गर्न मिल्ने गरी स्थायी किसिमले राखिएको बताउनुभयो ।

भट्टिबाट फलामको पाइपलाइनमा आपूर्ति गरिने तातो वाफले भाडा तात्ने र भित्र राखिएको दाल, चामल, तरकारी पाक्ने गरेको प्रअ तुलाचनले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक परेको भाडामा अनुकूल समयमा वाफ आपूर्ति गराउने र पकाउन सकिन्छ ।

“आगोको चुलोेमा पकाउँदा एक घण्टा भन्दा धेरै समय लाग्ने गर्दछ । ग्यासमा पकाउँदा खर्च धेरै लाग्ने गर्छ”, तुलाचनले भन्नुभयो, “रू १२ देखि १३ लाखको लागतमा वाफबाट खाना पकाउने प्रविधि जडान गर्न सकिन्छ । यसबाट दाउराको खपत घट्नुका साथै समयको बचत भएको छ ।”

पद्मसम्भव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयको छात्रावासमा तीन सय विद्यार्थी, शिक्षक, कर्मचारीलाई खाने बस्नेसहित आवास सुविधाको व्यवस्था मिलाइएको छ ।

कक्षा १ देखि १० सम्म नि:शुल्क आवासीय सुविधासहित अध्यापन गराइने विद्यालयमा हाल नेपाल र भारतका गरी दुई सय १५ विद्यार्थी रहेका विद्यालयका प्रधानाध्यापक तुलाचनले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय जाने उमेरका कमजोर आर्थिक पृष्ठभूमि भएका विद्यार्थीलाई लक्षित गरेर विसं २०६७ मा स्थापना भएको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीले दुई वर्षअघिदेखि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागिता जनाउन थालेका हुन् ।

“नेपाल सरकारद्वारा लागू भएको औपचारिक पाठ्यक्रमका साथै नेपाली, अंग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमबाट औपचारिक वौद्ध शिक्षा पनि प्रदान गरेका छौँ”, प्रअ तुलाचनले भन्नुभयो, “यहाँका विद्यार्थीलाई नि:शुल्क शिक्षा, आवास, भोजन, पोसाक लगायतको सुविधा प्रदान गरेका छौँ । पछिल्लो दुई वर्षमा एसइई परीक्षाको औसतमा नतिजा सन्तोषजनक नै छ ।”

हाल छात्र मात्र रहेको विद्यालयमा समुदायको मागअनुसार आगामी शैक्षिक सत्रदेखि छात्रालाई पनि पठनपाठनको व्यवस्था मिलाउन लागिएको प्रअ तुलाचनले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो वर्ष ३० जना छात्रालाई भर्ना गर्ने योजना रहेको छ । रासस