२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर ७को आन्दोलनमा राप्रपाले साथ दिनुपर्छ: प्रकाशचन्द्र लोहनी



अ+ अ-

काठमाडौं, । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं संस्थापक डा.प्रकाशचन्द्र लोहनीले दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा राप्रपाले साथ दिनुपर्ने जनाउनु भएको छ ।

व्यवसायी दुर्गा प्रसाईंले यहि मंसिर ७ गते काठमाडौंमा गर्ने भनिएको आन्दोलनमा साथ र नैतिक समर्थन दिनुपर्ने नेता लोहनीले जनाउनु भएको छ ।

लोहनीले सोमवार सामाजिक संञ्जालमा एक दृष्टिकोण जारी गर्दै राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अघि बढ्न कसैले पनि गर्ने जनअभियान, जनप्रदर्शन वा जनसंघर्षमा राप्रपाका कार्यकर्ताको सहभागिता हुनुपर्ने जनाउनु भएका हो ।

उहाँले लेख्नुभएको छ-

१- राप्रपा नेपालको नव निर्माण गर्ने अठोट र चिन्तन बोकेको उज्यालो तारा हो ।

२- राप्रपाको एकता महाधिवेशनले राष्ट्रियता, स्वतन्त्रता र देशको सार्वभौमिकताको पहरेदारको रूपमा अगाडि बढ्न र यसको लागि निरन्तरता सहितको गतिशीलताको सिद्धान्तलाई आत्मसात् गर्न हामीलाई निर्देश गरेको छ ।

३- एकता महाधिवेशनमा पारित राप्रपाको आर्थिक र राजनीतिक दस्ताबेज का केहि मूल तत्त्व छन् । ती हुन् (१) संविधान भित्रको राज संस्था स्थापित गर्ने (२) सर्व धर्म समभाव सनातन हिन्दु राष्ट्रको पहिचान कायम गर्ने (३) तल्लो तहको सरकारलाई संविधान बाट बढी भन्दा बढी अधिकारको हस्तान्तरण गर्ने (४) राज्य शक्ति को दुरुपयोग र भ्रष्ट्राचार विरुद्ध कसैप्रति मुलाहिजा नराखी कठोर प्रहार गर्ने (५) साना किसान, साना उद्योग व्यवसायी र मजदुर मैत्री आर्थिक नीति र संरचना लागु गर्ने (६) देश भित्र गरी खाने वर्गलाई नयाँ उन्नतिको मौका र उत्साह प्रदान गर्ने (७) माथि उल्लेखित दृष्टिकोण कायम गर्न संविधान मा आवश्यक संशोधन गर्ने ।

४- राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेन्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जन अभियानरजन प्रदर्शनरसंघर्षमा राप्रपाका कार्यकर्ताहरूको सहानुभूति र समर्थन हुनु स्वभाविक हुन आउँछ । अत: मङ्सिर ७, २०८० मा हुने भनिएको जनप्रदर्शन र जन संघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र यसमा कुनै कमजोरी देखाउनु हुँदैन भन्ने मेरो स्पष्ट धारणा छ । यही अनुरोध राप्रापाका सबै साथीहरू तथा आम जनसमुदायमा राख्दछु ।