८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मूर्तिकला रामबहादुरको जीउने आधार

मूर्तिकला रामबहादुरको जीउने आधार
अ अ+ अ-

कञ्चनपुर:  शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुनुहुन्छ । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो ।

“विद्यालय पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो,” बिष्टले भन्नुभयो, “अरुले बनाएका मूर्तिलाई नियाल्दै बनाउन सिके, अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु ।” मूर्ति बनाएर हुने आम्दानीले परिवारको खर्च सहजरूपमा चल्दै आएको उहाँ बताउनुहुन्छ । “काम गर्न भ्याइ नभ्याइ छ,” उहाँले भन्नुभयो, “मासिकरूपमा रु ५० हजारदेखि ७० हजारसम्म कमाई हुन्छ ।”

मूर्तिकलानै जीवन जिउने आधार बनेको बिष्ट बताउनुहुन्छ । घरको आर्थिक अवस्था कमजोर हुँदा उच्च शिक्षा हासिल गर्ने धोको पूरा गर्न नसकेकामा उहाँलाई पछुतो छैन ।

“उच्च शिक्षा पढेर सरकारी नोकरी गर्ने अभिलाषा थियो,” बिष्टले भन्नुभयो, “मूर्तिकलामा रमाउन थालेपछि दाम र नाम दुवै चलेपछि त्यो सबै बिर्सिए, अहिले यही पेशा प्यारो लागेको छ, पढाई पूरा गर्न नसकेको पछुतो छैन ।”

नेपालका अधिकांश ठाउँबाट मूर्ति बनाउने माग आउन थालेको बिष्टले बताउनुभयो । मूर्ति बनाउने तालिम भने उहाँले लिनुभएको छैन । अरुले बनाएका मूर्ति हेर्दै सिक्दै गएको उहाँको भनाइ रहेको छ ।

“काम गर्दै जाँदा सीप निर्खादै गए, अहिले जुनसुकै मूर्ति बनाउन दिए पनि बनाउन सक्न भए,” बिष्टले भन्नुभयो । आफूले पहिला पेन्टरको कामबाट कलाकारिता थालेको र त्यसपछि ब्यानरमा लेख्ने, चित्र कोर्ने, शिलालेखसँगै मूर्ति कोर्न थालेको उहाँले बताउनुभयो ।” काठ, सिमेन्ट, धातु ग्रेनाइड र ढुङ्गामा शिलालेखको कार्य गरेवापत रु दुई हजार पाँच सयप्रति वर्गफिटका दरले उहाँले ज्याला लिनुहुन्छ ।

बिष्टले मूर्ति बनाउनका लागि रु १० हजारदेखि रु ८० हजारसम्म रकम लिनुहुन्छ । “मूर्तिको प्रकृति हेरेर रकम लिने गरेको छु,” उहाँले भन्नुभयो, “हालसम्म मझौला प्रकृतिका मूर्ति बनाउने माग आएको छ, ठूला मूर्ति बनाउने इच्छा भए पनि माग आएको छैन ।” सुदूरपश्चिमका नौ वटै जिल्लाबाट विशेष गरी मन्दिरमा राखिने मूर्ति, शिलालेख, काठका धार्मिक स्तम्भमा मूर्ति कोर्ने कार्य अधिक आउने गरेको बिष्टको भनाइ छ । मूर्ति बनाउने कार्यसँगै उहाँले प्रशिक्षण पनि दिँदै आउनुभएको छ ।

मूर्ति बनाउने कार्यबाट आएको रकमले बिष्ट परिवारको घर खर्चसँगै छोरा छोरीलाई प्राविधिक शिक्षा पढाउन लाग्ने खर्च व्यहोरिदै आएको छ । यस पेशाबाट आएको रकमले उहाँले घरघरेडी पनि जोड्नु भएको छ ।

बिष्ट भन्नुहुन्छ, “यस पेशालाई अपनाए पछि खर्च अभाव भएको छैन, सबै ठाउँमा चिनिने मौका पाउँदा गौरवान्वित महशुस गर्छु, नाम र दाम दुवै पाएपछि यही पेशालाई जीवन्त राख्छु ।” पैशाकै लागि विदेशिने युवालाई उहाँ स्वदेशमै काम गरे मान सम्मानसँगै दाम कमाउन सकिने सल्लाह दिनुहुन्छ । रासस