८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चराजस्तै उड्न अब चन्द्रागिरी—चित्लाङमा प्याराग्लाइडिङ

चराजस्तै उड्न अब चन्द्रागिरी—चित्लाङमा प्याराग्लाइडिङ
अ अ+ अ-

काठमाडौँ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको चन्द्रागिरी—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ ।

हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । चन्द्रागिरीमा प्याराग्लाइडिङको व्यवसायिक उडान शुरु भएसँगै पर्यटकहरु पनि शाहसिक पर्यटनमा आकर्षित भएका हुन् ।

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान शुरू हुन्छ । चन्द्रागिरी—२३ सय मिटरबाट शुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ । अप्रतिम दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण हुने बताउनुहुन्छ प्रशिक्षक पाइलट सुनुवार । प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको एरियल भ्युका साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिन्छ । रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृंखलाले पर्यटकहरुलाई मोहित पार्छ ।

उहाँले उडान अवधि १५ देखि २० मिनेट भनेपनि २० देखि २५ मिनेटसम्म आकाशमा चराझैँ उडेर रमाइलो गर्न सकिने बताउनु भयो । यो काठमाडौं शहरबाट छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो । उडानमा चुनौति भन्दा बढी रमाइलो रहेको बताउनु भयो । उडान गर्नेहरुका लागि पिकअपको लागि सोह्रखुट्टे र कलंकीमा पुग्नुपर्नेछ । समय र मौसमअनुकुल प्याराग्लाइडिङको मज्जा लिन सकिने उहाँको भनाइ छ । एयरपोर्टबाट एकदमै सुरक्षित ठाउँ र यो रुटमा कुनै उडान नहुने भएकाले पनि सुरक्षित स्थान रहेको बताउनु भयो । ६ वर्षदेखिको दौडधुपले काम सफल भएकोमा खुशी लागेको बताउनु भयो । उडानका लागि अहिले ६ जना पाइलट रहेको र आवश्यकताअनुसार बढाउँदै लैजाने पनि बताउनु भयो । शुरुवाती एक महिनाको लागि फोटो भिडियोसहित नेपालीलाई अहिले आफ्नै भेकलबाट आउनेलाई ७ हजार २ सय र हाम्रैमाआउनेलाई ८ हजार रुपैयाँ लाग्ने बताउनु भयो । त्यस्तै फोटो भिडियोसहित विदेशी नागरिकलाई पनि हाललाई १२ हजार तोकेको बताउनु भयो । मौसमले साथ दिएसम्म ३० देखि ४० जनाले दिनमा प्याराग्लाइडिङ गर्नसक्ने बताउनु भयो । उहाँकाअनुसार अहिलेसम्मको लगानी डेढ करोड भन्दा बढी रहेको छ ।

उहाँले भन्नुभयो, ‘उड्ने स्थान समुन्द्री सतहबाट २३ सय मिटर अग्लो छ । ल्याण्डिङ हुने ठाउँ समुन्द्री सतहबाट १७ सय मिटर रहेको छ । ल्याण्डिङ चित्लाङमा हुन्छ भने चन्द्रागिरी डाँडाबाट उड्दैछौँ । उडान अवधि १५ देखि २० मिनेट भनेपनि कति रमाइलो लाग्छ, २० देखि २५ मिनेटसम्म उड्नेछौँ । यो नेपालको काठमाडौं शहरबाट एकदमै छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो । स्वागत छ । आकाशमा उड्ने शाहसिक पर्यटनमा स्वागत छ । यो उडानमा चुनौति छैन । रमाइलो मात्रै छ । टेक्निकल हिसावले सही सुरक्षित उडान क्षेत्र हुनुपर्छ । त्यो मिल्नुपर्छ अरु सबै रमाइलो छ । आकाशमा चरा जस्तै उड्ने रहर छ भने काठमाडौंको सोह्रखुट्टे र कलंकी चोक चित्लाङ बसपार्कबाट पिकअप दिन्छौँ । यहाँ ल्याएर समय र मौसमअनुकुल प्याराग्लाइडिङको मज्जा दिनेछौँ ।’

‘हामी एयरपोर्टबाट एकदमै सुरक्षित ठाउँ र हामी जहाज उड्ने बाटोमा जान मिल्दैन, जानु हुँदैन । दुई वटा पहाडको खोचबाट मात्रै हो । नेपाल सरकार नागरिक उड्डयन प्राधिकरणबाट पनि यो ठाउँ सेफ्टी रहेको भनेपपिछ मात्रै हामीले उहाँहरुको सिफारिसमा उडान अनुमति र लाइसेन्स पाएको हो । ६ वर्षदेखिको दौडधुपले काम सफल भएको छ । अहिले हामीले पिकअपको लागि एउटा भेकल र ६ जना पाइलट छन् आवश्यक अनुसार बढाउँदै जानेछौँ । एक महिनाको लागि नेपालीलाई अहिले आफ्नै भेकलबाट आउनेलाई ७ हजार २ सय र हाम्रैमाआउनेलाई ८ हजार गरेका छौँ । विदेशीको लागि हाललाई १२ हजार तोकेका छौँ । यसमा फोटो भिडियोसहित हो । मौसमले साथ दिएसम्म ३० देखि ४० जना ग्राहक सहजै उडाउनेछौँ । अहिलेसम्मको लगानी डेढ करोड भन्दा बढी छ ।’

यता प्याराग्लाइडिङ गर्न पुगेका सर्वसाधारण नागरिकहरु भने चित्लाङ पर्यटकका लागि उचित स्थल भएकाले प्याराग्लाइडिङले थप पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउँछन् । सर्वसाधारण मदन खड्काले चन्द्रागिरीबाट चित्लाङ प्याराग्लाइडिङ गर्दा पर्यटनका साथै रमाइलो अनुभव गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘साथीहरुसँग रमाइलो लाग्छ । चित्लाङ पर्यटकका लागि राम्रो छ । त्यसअनुसार अहिले यसरी सहजै चन्द्रागिरीबाट चित्लाङ जान राम्रो हुन्छ ।’

त्यस्तै प्याराग्लाइडिङ गर्न चन्द्रगिरी पुग्नुभएका नेपाल प्रहरीकास हायक हवल्दार सुवास कुमारले प्याराग्लाइडिङ गरिसकेपछि कुरा गर्दै रमाइलो लागेको अनुभव सुनाउनु भयो । उहाँले सरकारले पर्यटन प्रवद्र्धनका लागि आवश्यक काम र पहलकदमी गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रमाइलो अनुभव भयो । पर्यटनका लागि नेपालमा फोकस गर्नुपर्ने छ ।’

यता चित्लाङ घुम्न आउनुभएका सिन्धुलीका शिक्षक लक्ष्मीप्रसाद घिमिरेले चित्लाङमा प्याराग्लाइडिङ नयाँ आएको र आम नागरिकले धेरै मन पराएको बताउनु भयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि आकर्षक हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्याराग्लाइडिङ नयाँ आएको रहेछ । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि आकर्षक हुनेछ । सरकारले पनि केही व्यवसायिक लगानी गर्नुपर्छ ।’

उहाँले चित्लाङ र काठमाडौंमा पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ टर्निङ प्वाइन्ट बन्नसक्ने भन्दै सरकारले व्यवसायिक लगानी गरेर भएपनि आवश्यक चासो र हौस्ला प्रदान गर्नुपर्ने बताउनु भयो । रासस