८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बागलुङमा बढ्यो भोटे कुकुरको माग

बागलुङमा बढ्यो भोटे कुकुरको माग
अ+ अ-

ढोरपाटन । पश्चिम बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ती कुकुर

साना आँखा, लामा–लामा रौँ र मोटाघाटा देखिन्छन् । स्थानीयवासीले घर हेरालुका रुपमा प्रयोग गर्ने कुकुर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका हुन् । केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, भटमास, बुट्टेनली र चोयाबाट बनेका सामग्री कोसेलीका रुपमा लैजाने गर्थे भने अहिले भोटे कुकुर लैजान थालेका छन् । खास गरी ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन् । आगन्तुकले घरमा पालेको कुकुर किनेर लैजान थालेपछि स्थानीयवासीको आम्दानी पनि बढ्न थालेको छ ।

निसीखोला, ढोरपाटन र तमानखोलाको माथिल्लो क्षेत्रबाट हरेक वर्ष सयौँ माउ तथा बच्चा कुकुर बिक्री हुने गरेको छ । विशेषगरी बुटवल, पोखरा, काठमाडाँै, बागलुङ, धरानलगायत मुख्य सहरमा यहाँबाट कुकुर लैजाने गरेको पाइन्छ । ढोरपाटन क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने गरेको ढोरपाटन नगरपालिका–९ पाखाथरका ज्ञानबहादुर विकले बताउनुभयो । कुकुरले एकै पटकमा पाँच वटाभन्दा बढी बच्चा जन्माउने र दुई/तीन महिना नहुँदै किनेर लैजाने गरेको उहाँको भनाइ थियो ।

ढोरपाटन क्षेत्रबाट हरेक महिना कुकुर बिक्री भइरहेको छ । पछिल्लो समय भोटे कुकुरको माग निकै बढेको उल्लेख गर्दै स्थानीयवासी विकले एउटै माउ भोटे कुकुरका लागि रु ५५ हजारदेखि रु ६० हजारसम्म पर्ने गरेको र तीनका बच्चा रु दस हजारसम्ममा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । बजारका कुकुरले भन्दा भोटे कुकुरले जङ्गलीजन्तुसँग प्रतिकार गर्नाका साथै घर गोठको सुरक्षा गर्ने भएकाले आफूले पनि यसवर्ष आफूले चार वटा बच्चा बेचेकोे उहाँको भनाइ थियो ।

“पहिले गाउँमा कुकुर फालाफाल हुन्थे, एउटै घरमा चार/पाँच वटासम्म कुकुर पनि पालिन्थ्यो तर अहिले गाउँ घरमा कुकुर पाल्ने चलन कम भए पनि बजारमा भने पाल्नेको सङ्ख्या बढी छ । पाँच वर्ष अगाडिसम्म कुकुर बिक्री हुन्छभन्दा अचम्म लाग्थ्यो, अहिले घरबाटै कुकुर बिक्री हुन्छन्” विकले भन्नुभयो– “गाउँका केही मान्छेले एउटै कुकुरको मूल्य रु ६० हजारसम्म लिए यहाँका कुकुर बजारका जस्तो हुँदैन्, लेकमा बसेका, लेकाली हावापानीमा हुर्केको हुँदा बलिया र घरको सुरक्षा गर्न सक्ने भएकाले बजार क्षेत्रबाट आउने धेरैजसोले स्याउ र आलुभन्दा कुकुर किनेर लाग्छन् ।”

निसी, ढोरपाटन र तमान क्षेत्रका धेरैजसो बासिन्दा पशुपालनमा आवद्ध छन् । उनीहरु लेकबेँसी गरेर पशुचौपाया पाल्ने गर्छन् । गोठ सार्दा कुकुर पनि सँगै लैजाने गर्छन् । गोठको छेउमै बाँधिएका कुकुरले पशुचौयापालाई वन्यतन्तुबाट बचाउने स्थानीयवासी वीरबहादुर रसाइलीले बताउनुभयो ।

कुकुर ज्ञानी र घर गोठको रक्षक भएकाले आफूले पनि विगत पचासवर्षदेखि अहिलेसम्म करिब दस वटा कुकुर पालिसकेको उहाँले सुनाउनुभयो । पछिल्लो समय घुम्न आउने पर्यटकले गोठमै आएर कुकुर किन्ने गरेको सिर्पालीको भनाइ थियो।

पहिले–पहिले कुकुर पाल्न रहर हुनेले नि:शुल्क नै लैजाने गरे पनि अहिले बिक्री हुन थालेकाले अघिल्लो वर्ष सात वटा र यसवर्ष तीन वटा कुकुर बेचेको उहाँले बताउनुभयो । भोटे कुकुर अन्य जातभन्दा ठूलो, साहसिलो हुने र घरपालुवा जनावरसँगै गोठमा बस्ने भएकाले धेरैले मन पराउने गरेको सिर्पालीको भनइ थियो ।

विकले भन्नुभयो, “बजारमा पाइने, बेलायती जात भन्छन्, अरु केके जातका थुप्रै कुकुर हुँदा रैछन्, तर ती कुकुरभन्दा भोटे कुकुरको आयु पनि धेरै हुन्छ, जहाँ पनि बस्नसक्ने गुण भएकाले अहिले त बजारबाट आएका मान्छेहरु मेरो गोठमै आएर कुकुर लग्छन्, कोहीले त अर्को पटक ब्यायो भने मलाई राखिदिनु है भनेर पहिले नै माग गर्ने भएकाले अहिले त कुकुर पुर्‍याउनै गाह्रो पर्छ ।”

एकान्त घर, धेरै पशुचौपाया, फार्मजस्ता स्थानमा भोटे कुकुर राख्ने गरिए पनि पछिल्लो समय सोखका लागि भन्दै सहर बजारमा समेत लैजाने गरिएको छ । निसीखोलाको भल्कोट, सीप, पातीहाल्ने, ढोरपाटनको पाखाथर, छेन्तुङ, बोबाङ र अधिकारीचौर क्षेत्रमा बढी कुकुर पाल्ने गरिन्छ । रासस