२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्ध सुरु भएको एक महिनामा प्यालेस्टिनी जिडिपी चार प्रतिशतले गिरावट



अ+ अ-

संयुक्त राष्ट्रसङ्घ । एक महिनाको युद्धपछि इजराइलद्वारा गाजामाथि करिब पूर्ण घेराबन्दीले प्यालेस्टिनी अर्थतन्त्र पतनको विनाशकारी एउटा स्पष्ट तस्बिर संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले प्रस्तुत गरेको छ ।

युद्ध सुरु भएको पहिलो महिनामा पश्चिम किनार र गाजामा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा चार प्रतिशतले कमी आएको राष्ट्रसङ्घले जनाएको छ । युद्धपछि सिरिया, युक्रेन वा यसअघिका कुनै पनि इजराइल–हमास युद्धमा नदेखिएको आर्थिक असरले चार लाखभन्दा धेरै प्यालेस्टिनी गरिबीमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम तथा पश्चिम एसियाका लागि आर्थिक तथा सामाजिक आयोगले बिहीबार जारी गरेको गाजा युद्धको आर्थिक नतिजाहरूको द्रुत मूल्याङ्कन विशेषत: प्यालेस्टिनीहरूमा द्वन्द्वको विनाशकारी असर देखाउने पहिलो प्रतिवदेन थियो ।

दोस्रो महिनामा पनि युद्ध जारी रहेको अवस्थामा युद्ध सुरु हनुभन्दा अघि २० अर्ब ४० करोड अमेरिकी डलर रहेको प्यालेस्टिनी जिडिपी आठ दशमलव चार प्रतिशतले घटेर एक अर्ब ७० करोड डलरले नोक्सान हुनेछ । त्यसैगरी युद्ध तेस्रो महिनासम्म भयो भने दुई अर्ब ५० करोड डलरको नोक्सानका साथ जिडिपीमा १२ प्रतिशतले कमी आउने र छ लाख ६० हजार नागरिक गरिबीको चपेटामा पर्ने अनुमान गरिएको छ ।

राष्ट्रसङ्घीय विकास कार्यक्रमका सहायक महासचिव अब्दुल्ला अल दरदारीले पत्रकार सम्मेलनमा वर्षको अन्त्यमा १२ प्रतिशतको जिडिपी घाटा ‘ठूलो स्तरको र अभूतपूर्व’ हुने बताउनुभयो । उहाँका अनुसार सिरियाली अर्थतन्त्रले आफ्नो सङ्घर्षको चरम अवस्थामा प्रतिमहिना जिडिपीको एक प्रतिशत गुमाउँछ । त्यसैगरी जिडिपीको ३० प्रतिशत गुमाउन युक्रेनलाई सङ्घर्ष गर्न डेढ वर्ष लागेको छ ।

पश्चिम एसियाका लागि संयुक्त आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव रोला दस्तीका अनुसार सन् २०२३ को सुरुमा प्यालेस्टिनी क्षेत्र (पश्चिम किनार र गाजा) लाई प्रतिव्यक्ति प्रतिदिन छ अमेरिकी डलरको गरिबीस्तरका साथ निम्नमध्यम आम्दानी भएको अर्थतन्त्र मानिन्थ्यो ।

प्रतिवेदनअनुसार जनवरीमा गाजाले पहिलादेखि नै करिब ४६ प्रतिशतको उच्च बेरोजागारीसँग सङ्घर्ष गरिरहेको थियो । यो पश्चिम किनारको १३ प्रतिशतभन्दा करिब तीन गुणा बढी थियो । तर केही हप्ताको युद्धले हजारौँ नोकरी गुमेको छ ।

प्रतिवेदनमा भनिएको छ, “युद्ध एक महिनाको नजिक पुगेसँगै गाजामा ६१ प्रतिशत अर्थात एक लाख ८२ हजार नोकरी खोसिएको अनुमान छ, पश्चिम किनारमा करिब २४ प्रतिशत अर्थात दुई लाख आठ हजार रोजगारी गुमेको छ ।” रासस