८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन

गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन
अ+ अ-

वालिङ । स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौँसुर मन्दिरमा बडादसैँको अवधिमा करिब रु १५ लाख भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित ‘गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्र’मा रहेको भगवती तथा कालिका मन्दिरमा भेटीस्वरुप उक्त रकम सङ्कलन भएको हो । यो भेटी गत वर्षको सोही अवधिको भन्दा दोब्बर हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खाणका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा मन्दिरमा विभिन्न शीर्षकबाट भेटी सङ्कलन भएको हो । गत वर्ष बडादसैँको अवधिमा रु आठ लाख १६ हजार भेटी सङ्कलन भएको थियो । मन्दिरमा चढाइएको भेटी, पाठा तथा पाडाको टाउको बिक्री, परेवा बिक्री, टीका थाली, दानपेटिका, होटल, पसल तथा सहयोग रसिदबाट उक्त भेटी सङ्कलन भएको हो ।

बडादसैँको अवधिभर पूजापाठ गर्ने पण्डित तथा पुजारीलाई दक्षिणा रु ७० हजार ६५, कामदारलाई पारिश्रमिक रु एक लाख ७१ हजार तीन सय, पूजा भोग वस्तु खरिद रु ६६ हजार चार सय ६०, अन्य दानदक्षिणा, खाना खर्च, इन्धन तथा मसलन्द गरी सबै शीर्षकमा कुल रु तीन लाख ७० हजार दुई सय पाँच खर्च भएको छ । सबै खर्च कटाएर रु ११ लाख १० हजार बचत भएको उहाँले बताउनुभयो ।

तत्कालीन बाइसे/चौबीसे राज्यअन्तर्गतको गह्रौँकोट राज्यका प्रथम राजा दशरथ खाणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको सो मन्दिर पाँच सय ५० वर्ष पुरानो मानिन्छ । धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको यस मन्दिरमा नयाँ–नयाँ भौतिक संरचना निर्माण भइरहेकाले थप आकर्षण बढ्दै गएको छ । स्याङ्जाको व्यापारिक केन्द्र वालिङ बजारबाट मन्दिरसम्म पुग्नका लागि पछिल्लो समय आंशिकरूपमा सडक कालोपत्र, ढलान तथा ग्राभेल गरिएको छ ।

विशेषगरी बडादसैँ र चैतेदसैँमा यहाँ हजारौँको सङ्ख्यामा पाठा, पाडा, भेडा, हाँस र परेवाको बलि दिने गरिन्छ । एकादशी, चौथी, औँशी, सोह« श्राद्धबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ । स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बाग्लुङ, तनहुँ, बुटवल, पोखरालगायत स्थानबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन् ।’

‘समुद्र सतहबाट झण्डै एक हजार छ सय मिटरको उचाइमा रहेको यस स्थानबाट मनमोहक हिमशृङ्खलासहित नागबेली आकारमा बहेका कालीगण्डकी र आँधीखोला तथा ती नदीले बनाएका समथर भू–भाग देख्न सकिन्छ । यहाँबाट स्याङ्जासहित, पाल्पा, तनहुँ, नवलपरासी, नवलपुर, कास्की, पर्वत, गुल्मीलगायतका जिल्लाका भाग सहजै देख्न सकिन्छ । यस ठाउँलाई पछिल्लो समय पर्यटनसँग पनि जोड्दै अगाडि बढ्ने क्रममा सुविधासम्पन्न अतिथि गृह, सभाहल, हेलिप्याड, ढुङ्गेधारालगायतका भौतिक संरचना निर्माण भइसकेका छन् । वालिङ बजारबाट झण्डै आठ किलोमिटरको कच्ची सडक हुँदै यहाँ पुग्न सकिन्छ । रासस