६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय विश्वकपमा ट्रेन्ट बोल्टले रचे इतिहास



अ+ अ-

एजेन्सी । न्यूजिल्याण्डका स्टार फास्ट बलर ट्रेन्ट बोल्टले एकदिवसीय विश्वकप २०२३ मा इतिहास रचेका छन् ।

बिहीबार बेंगलुरुको चिन्नास्वामी स्टेडियममा श्रीलंकाविरुद्ध ५० विकेट पूरा गर्दै उनले उत्कृष्ट कीर्तिमानी बनाएका हुन् । योसँगै एकदिवसीय विश्वकपमा ट्रेन्ट बोल्ट ५० विकेट पूरा गर्ने न्यूजिल्याण्डका पहिलो फास्ट बलर बनेका छन् ।

साथै, ट्रेन्ट बोल्ट विश्व क्रिकेटका उत्कृष्ट बलरको सूचीमा परेका छन् । उनी एकदिवसीय विश्वकपको इतिहासमा ५० विकेट लिने छैटौं बलर बनेका छन् ।

एकदिवसीय विश्वकपमा सर्वाधिक विकेट लिने बलर

१. ग्लेन म्याकग्रा (अष्ट्रेलिया)– ७१

२. मुथैया मुरलीधरन (श्रीलंका)– ६८

३. मिचेल स्टार्क (अष्ट्रेलिया)–५९

४. लसिथ मालिंगा (श्रीलंका)– ५६

५. वसीम अकरम (पाकिस्तान) – ५५

६.ट्रेन्ट बोल्ट (न्यूजिल्याण्ड) – ५०

अन्तर्राष्ट्रिय क्रिकेटमा ६०० विकेट पनि पूरा गरे

ट्रेन्ट बोल्टले अन्तर्राष्ट्रिय क्रिकेटमा ६०० विकेट पनि पूरा गरेका छन् । बोल्ट अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डबाट ६०० विकेट पूरा गर्ने तेस्रो बलर बनेका हुन्।

ट्रेन्ट बोल्ट भन्दा पहिले डेनियल भेटोरी र टिम साउदीले न्युजिल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ६०० विकेटको अंक पार गरेका छन् । टिम साउथीले अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ७३१ विकेट लिएका छन् भने ड्यानियल भिटोरीले ७०५ विकेट लिएका थिए । ट्रेन्ट बोल्टले अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ६०१ विकेट लिएका छन् ।