८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

तिहारमा पनि बिक्दैनन् मादल

तिहारमा पनि बिक्दैनन् मादल
फाईल फोटो
अ+ अ-

ढोरपाटन । एकदशक अगाडिसम्म तिहार सुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । मादल व्यवसायबाट धेरैले जीविकोपार्जन गर्थे ।

आजभोलि मादल बिक्री नहुँदा व्यवसायनै सङ्कटमा परेको छ । युवा व्यवसायी पलायन भइरहेका छन् भने बुढापाका पनि अन्य पेसा रोज्न बाध्य भएका छन् । प्रविधिको विकाससँगै आजभोलि मादलको सट्टा ‘इलेक्ट्रानिक्स साउण्ड सिस्टम’ बज्ने गर्छन् ।

बागलुङको निसीखोला गाउँपालिकाका वीरबहादुर परियारले मादल व्यवसाय गर्न थालेको २७ वर्ष भएको छ । पाँच वर्ष अगाडिसम्म उहाँलाई मादल बिक्री गरेर परिवार चलाउन सहज थियो । गाउँमा ठूला–ठूला साउण्ड सिस्टम भित्रिएपछि परियारले मादल व्यवसाय छोडेर खेती गर्न थाल्नु भएको छ । आधुनिक प्रविधिको विकासले गर्दा मौलिकता हराउँदै गएपछि मादल बजाउने प्रचलन पनि घट्दै गएको परियारले बताउनुभयो । “पहिलापहिला विवाह, व्रतबन्ध, मेला, महोत्सव र सार्वजनिक कार्यक्रममा गीत गाउने र मादल बजाउने, नाच्ने चलन थियो । आजभोली साउण्ड सिस्टममा गीत बजाएर नाच्छन्”, उहाँले भन्नुभयो ।

पाका पूर्खाले गर्दै आएको कामलाई अगाल्नु भएको परियारले व्यवसाय सङ्कटमा परेपछि पेसानै बदल्न बाध्य हुनुभएको हो । बाउबाजेबाट आफूले मादल बनाउन सिके पनि छोराहरुले यसप्रति चासो नदिएको परियाले बताउनुभयो । “तिहार नजिकिएसँगै इलेक्ट्रोनिक्स साउण्ड बिक्री गर्ने पसलमा चहलपहल बढेको देखिन्छ । मादल पसल सुनसान छन्”, उहाँले भन्नुभयो ।

पहिले बाह्रै महिना मादलको माग आउने गरेको भन्दै पाँच वर्ष अगाडि बनाएका मादल थन्काएर राखिएको परियारले बताउनुभयो । केही वर्ष पहिलेसम्म चाडवाडको बेलामा फाट्टफुट्ट ग्राहक आउने गरेका सुनाउँदै अहिले वार्षिक पाँच वटा मादल पनि बिक्री नहुने उहाँले बताउनुभयो । काठको घार र विभिन्नि जनावरको छालाबाट मादल बनाउनु पर्ने उहाँको भनाइ थियो । मादलको घार बनाउनै दुई दिन लाग्ने भन्दै एउटा मादल तयार गर्न करिब पाँच दिन लाग्ने परियारले जानकारी दिनुभयो ।

आफ्नो पालामा मनोरञ्जनको माध्यम मादल बजाउने र गीत गाउने भएको भन्दै आजभोलि गाउँमा मादल बज्न छोडेको परियारले बताउनुभयो । पहिले ग्राहकले आफूले भने जतिकै मूल्य दिने गरेको स्मरण गर्दै आजभोलि नि:शुल्कमा पनि कसैले नलाने उहाँको भनाइ थियो

“तिहारको बेला मादलको बढी माग हुने गथ्र्यो । गाउँ/सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गर्थे । अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गर्छन् । पहिला यसकै आम्दानीबाट परिवार पाल्न सहज भएको थियो । छोराछोरीलाई मादलनै बेचेर पढाएको हुँ”, परियारले भन्नुभयो, “पहिले यो सीप नसिकेर विदेश जानुपर्ने रहेछ । अहिले बुढेसकाल लाग्यो । मैले जानेको काम मादल बनाउने हो तर मादल बिक्दैनन् । अहिले पसल बन्द गरेर खेतीपाती गर्छु । हाम्रो गाउँमा मादल बनाउने पसल १०/१२ वटा थिए । अहिले एउटा पनि छैनन् ।”

ढोरपाटनका मादल व्यापारी सुर्जबहादुर नेपालीले पहिलेको तुलनामा आजभोलि मादलको व्यापार ९० प्रतिशतले घटेको बताउनुभयो । चार/पाँचवर्ष अगाडिसम्म वार्षिक दुई सय मादल बिक्री गर्ने गरेको भन्दै हिजोआज चालिस वटा बेच्न पनि मुस्किल हुने उहाँको भनाइ थियो ।

आफूले मादल बनाउने र बिक्री गर्न थालेको २३ वर्ष भएको सुनाउँदै पछिल्लो समय पेसानै धरापमा पर्न थालेको नेपालीले गुनासो गर्नुभयो । मौलिक संस्कृति हराउँदै गएपछि मादलको प्रयोग घट्दै गएको उहाँको भनाइ छ । पहिले गाउँमा सोरठी, मारुनीलगायतका पुराना नाच नाच्ने गरेको भन्दै अहिले ती नाच लोपहुँदै गएपछि मादलको बिक्रीमा गिरावट आएको नेपालीले बताउनुभयो ।

“पहिले मादल किन्नेको लाइन हुन्थ्यो । मैले पुर्‍याउनै सक्दैनथे । कमाइ पनि राम्रो हुन्थ्यो । वर्षमा सात लाख कमाइ गर्थेँ । अहिले मादल किन्न बेला मौकामा एक/दुईजना आउँछन्”, उहाँले भन्नुभयो, “तिहार आउने बेला अलिअलि बिक्री हुन्छ । यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन । अब अरु काम पनि गर्नुपर्ने भएको छ ।”

बुर्तिबाङका साउण्ड सिस्टम व्यापारी खिमलाल क्षेत्रीले केही दिनदेखि आफ्नो पसलमा साउण्ड सिस्टम किन्न आउनेको भीड हुने गरेको बताउनुभयो । दसैँ पछाडि बुटवलबाट दुई चरणमा साउण्ड सिस्टम खरिद गरेर ल्याएको सुनाउँदै उहाँले हालसम्म ४० बढी साना ठूला साउण्ड सिस्टम बिक्री गरेको जानकारी दिनुभयो । यहाँबाट ढोरपाटन, निसीखोला, तमानखोला, बडिगाड र रुकुमसम्म साउण्ड सिस्टम पठाउने गरेको क्षेत्रीले बताउनुभयो । तीन वर्षदेखि साउण्ड सिस्टमको माग निकै बढ्न थालेको उहाँको भनाइ छ ।

“सूचना प्रविधिको पहुँच अहिलेको जमानामा जताततै पुगेको छ । विद्युत नपुगेको गाउँ छैन । विद्युत्बाट चल्ने भएपछि धेरैले साउण्ड सिस्टम किन्नुहुन्छ । मादल बजाउने र पुराना गीत गाउने चलन हराएको छ”, क्षेत्रीले भन्नुभयो, “पहिले गाउँमा मेला महोत्सव हुँदा मादल घन्किन्थे । यानीमाया, सुनिमाया र लोक गीत गाउने गर्थे । तिहारमा पुरानै गीत गाएर देउसीभैलो खेल्थे । अहिले त्यस्तो कतै देखिँदैन, सुनिदैन । जहाँ पनि माइकमा गीत मात्रै बजाउँछन् ।” रासस