३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र मन्त्रीहरूले भूकम्पपीडितलाई सहयोग गर्न एक महिनाको तलब दिने



file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित संघीय मन्त्रीहरूले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरूलाई सहयोगका लागि एक महिनाको तलब दिने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउदै सरकारकी प्रवक्ता रेखा शर्माले भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मले एक महिनाको तलब दिने निर्णय भएको बताएकी हुन् ।

‘प्रधानमन्त्रीलगायत मन्त्रिपरिषदका सबै सदस्यहरूले भूकम्पपीडितलाई सहयोग गर्न एक महिनाको पारिश्रमिक दिने भन्ने निर्णय भएको छ,’ प्रवक्ता शर्माले भनिन्।