२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्व बढ्दै गएपछि गाजाका बासिन्दाहरू पानीको अभावमा समुन्द्रको सहारा लिँदै



अ+ अ-

एजेन्सी । प्यालेस्टाइन–इजरायली द्वन्द्व चर्किंदै गएपछि गाजामा मानवीय संकट झनै विकराल बनेको छ । स्वच्छ खानेपानीको अभाव हुँदा तटीय क्षेत्रका बासिन्दाले दैनिक उपभोगका लागि समुन्द्री पानीको सहारा लिएका छन् । गाजा निवासी ओम ओसामाले बिजुली, ग्यास, खानेकुरा र पिउने पानीसमेत नभएको बताउनु भयो ।

गाजामा केही नभएको र गाजा अहिले घेराबन्दी र घातक युद्धबाट पीडित रहेको गाजा बिस्थापित व्यक्ति सईद महमूदले बताउनु भयो । घेराबन्दी र युद्धले युवा र बालबालिकाको भविष्यलाई मारिरहेको छ ।

त्यस्तै अर्का एक बिस्थापितले पानी पिउन समेत नपाउनुले कहिले मर्नुपर्ने भन्ने यकिन नरहेको बताउनु भयो । उहाँले खानेकुरा नपाउने ठूलो कुरा नभएको भन्दै उहाँले पानी समेत पिउन नपाएको दुखेसो गर्नुभयो । उहाँले पानीको लागि समुन्द्र एकमात्र विकल्प भएको बताउनु भयो ।

पानीका लागि समुन्द्र धाउनुपरेको र त्यही बस्ने गरेको बताउनु भयो ।