२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीले भेटिन् एमाले अध्यक्ष ओलीलाई



अ+ अ-

काठमाडौँ । नेपालगञ्जमा हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नु भएको छ ।

आफ्नो न्यायको लडाइँमा साथ दिएको भन्दै आज शुक्रबार बिहान शेर्पा ओलीलाई धन्यवाद दिन बालकोट पुग्नुभएको हो । भारतीले न्यायको पक्षमा उभिएर आफूलाई सहयोग गरेको भन्दै अध्यक्ष ओलीलाई धन्यवाद दिनुभएको थियो ।

सर्वोच्च अदालतले चेतन मानन्धरको हत्यामा संलग्न प्रमाणित भएपछि जन्मकैदको सजाय पाएका गुन्डा नाइके योगराज ढकाल रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिने गरी गरेको निर्णय बिहीबार बदर गरेको थियो । निर्णय बदर गर्ने बित्तिकै प्रहरीले रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकेको छ ।

अध्यक्ष ओलीसँगको भेटका क्रममा भारतीले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिनुभएको थियो । अध्यक्ष ओलीले पनि सत्यको जीत भएको बताउनुभएको थियो ।

अध्यक्ष ओलीले भारतीलाई स्वास्थ्यको ख्याल राख्न सुझाव दिनुभएको थियो । उहाँले भारतीलाई राम्रो उपचार गराउन पनि आग्रह गर्नुभयो ।