६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईलाई पाखा लगाउँदै नेपाल विश्वकपमा छनोट



अ+ अ-

काठमाडौँ । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ ।

शुक्रबार आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल अन्तर्गत माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रनको योगदान दिँदै अविजित रहे । ५० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, कप्तान रोहित पौडेल २१ बलमा ३५ रनसहित अविजित रहे । गुलशन झाले २४ बलमा २२ रनको योगदान दिए भने कुशल भुर्तेलले ११ रन जोडे । युएईका लागि निलान्स केस्वानी र बसिल हमिदले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३४ रन बनायो । यूएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे ।

कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए । आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । साथै सोमपाल कामी र राहित पौडेलले एक/एक विकेट लिए । दुई ब्याटर रन आउट भए ।

नेपाल समूह ‘ए’ बाट उपविजेता र युएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए ।

आजै भएको पहिलो सेमिफाइलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको छ । आइतबार हुने फाइनलमा नेपाल र ओमान भिड्नेछन् ।