५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

चलचित्र दिमाग खराबको टिमलाई प्रश्न: कसरी दिमाग खराब हुन्छ ?

चलचित्र दिमाग खराबको टिमलाई प्रश्न: कसरी दिमाग खराब हुन्छ ?
अ+ अ-

काठमाडौँ । चलचित्र दिमाग खराब कात्तिक २४ गतेबाट देशभर प्रदर्शन हुँदैछ । प्रदर्शनअघिको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा निर्माण टिमले चलचित्र उत्कृष्ट बनेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखक आकाश बरालले कथावस्तु राम्रो रहेको र त्यसमा निर्देशक निश्चल बस्नेतले झनै आफ्नो कला थपेर युनिक फिल्म बनाएको बताउनु भयो । उहाँले दर्शकले फिल्मका विषयवस्तु युनिक पाउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यसमा दिमाग खराब भनेको निश्चल दाइको आफ्नो प्रश्तुती हो । जो उहाँले सिनेमामा दिनुभएको छ । विदेश जाने कुरा होस् वा अरु होस् फिल्ममा युनिक छ । युनिक रुपमा फिल्मलाई प्रश्तुत गरिएको छ । फिल्मका विषयवस्तु युनिक पाउनु हुनेछ ।’

त्यस्तै अभिनेता एवं निर्देशक निश्चल बस्नेतले फिल्मको कथा तयार पार्न मात्रै करिव एक वर्षको समय लागेको बताउनु भयो । उहाँले फिल्म एक किसिमको बन्छ भन्ने नलागेसम्म फिल्मको स्क्रिप्ट नै तयार पारिरहेको बताउनु भयो । फिल्मको कथा रोमाञ्चक रहेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘यो फिल्मको स्क्रिप्ट तयार गर्न नै लगभग एक वर्ष लाग्यो । हामी सोच्नलाई कहिल्यै हिच्किचाएनौँ । फिल्म एक किसिमको बन्छ भन्ने नलागेसम्म हामी फिल्मको स्क्रिप्ट नै बनाइरह्यौँ । कथा इन्ट्रेस्टिङ भएको छ । फिल्मले राम्रो फल दिने आशा छ ।’

पत्रकार सम्मेलनमा अभिनेता एवं निर्देशक खगेन्द्र लामिछानेले आफू मुख्य भुमिकामा रहेर करिव ५ वर्षको अन्तरालमा फिल्म आउँदा खुशी लागेको बताउनु भयो । उहाँले सिनेमाको कथावस्तु राम्रो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो फिल्म मेरो लामो समयपछिको ग्यापमा आएको हो । फिल्म आइरहेको छैन । बीचमा आफैँ निर्देशक भएर काम गरेँ । समय नै त्यस्तै थियो । २०१८ पछि लिड रोल गरेको यो फिल्म नै हो । सिनेमामा धेरै आनन्दले काम गरियो । कथा राम्रो छ । सिनेमा राम्रो छ भन्ने निश्चल भएपछि ढुक्क हुन्छु । निश्चिललाई कस्तो छ सिनेमा बन्यो ? भनेर सोध्दा उसको अनुहार उज्यालो हुन्छ । त्यसैले पनि सिनेमा राम्रो छ ।’

उहाँले फिल्मले राम्रो शो पाउनेमा आशावादी रहेको बताउनु भयो । चलचित्र कात्तिक २४ बाट सार्वजनिक प्रदर्शन हुँदैछ । आम मानिस र नेताबीचको लडाइँको कथा भनिएको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ । आकाश बरालको लेखन र सुशन प्रजापतिको छायांकन रहेको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।