४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र यूएईबीचको क्रिकेट खेलको सबै अनलाइन टिकट ‘सोल्डआउट’



अ+ अ-

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल अन्तर्गत आज हुने नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेलका लागि निर्धारित सबै टिकट बिक्री भएको छ ।

मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि हुने खेलका लागि जम्मा ३५ सय संख्यामा अनलाइन टिकेट उपलब्ध गराइएको थियो । यसका लागि आइएमई पे वालेटबाट अनलाइन टिकट खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र यूएईबीचको खेलका लागि सबै टिकेट बिक्री भएको जानकारी दिएको छ ।

क्यानले मैदानमा टिकट बुथ नहुने र सीमित संख्यामा मात्र अनलाइन टिकट उपलब्ध गराइएको जनाएको छ ।

नेपालको लक्ष्य युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने रहेको छ । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।