८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

दीपेन्द्रको करियरका लागि पनि उनलाई फर्काउने प्रयास भएको छ– मोन्टी देसाई

दीपेन्द्रको करियरका लागि पनि उनलाई फर्काउने प्रयास भएको छ– मोन्टी देसाई
अ+ अ-

काठमाडौँ । ओमानसँगको हारपछि नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एशिया क्वालिफायरमा दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउन सबै प्रयास भइरहेको बताउनुभएको छ ।

खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक चोटग्रस्त अलराउण्डर दीपेन्द्रसिंहलाई टोलीमा फर्काउन सबै प्रयास भैइरहेको उल्लेख गर्नुभएको हो । सिंगापुरसँगको पहिलो खेल शुरु हुन लाग्दा अभ्यासका क्रममा घाइते भएका दीपेन्द्रले जारी प्रतियोगिता खेल्न पाएका छैन । उनी केही महिना टोली बाहिर रहने चर्चा पनि चलेको थियो । तर, प्रशिक्षक मोन्टीले दीपेन्द्रलाई टोलीमा फर्काउन धेरै प्रयास भइरहेको धारणा दिका हुन् ।

दीपेन्द्रले समूह ‘ए’ को अन्तिम खेलमा नेपालले ओमानसँग खेलिरहँदा पनि टियु मैदानभित्र रहेको नेटमा अभ्यास गरिरहेका थिए । त्यसैले दीपेन्द्रसिंह टोलीमा फर्कने सम्भावनाबारे प्रश्न गर्दा प्रशिक्षक देसाईले उनको करियरका लागि धेरै प्रयास भइरहेको बताउनु भयो । प्रशिक्षक देसाईले अहिले नै दीपेन्द्र खेल्न सक्छ भन्ने अवस्थामा पनि नरहेको स्पष्ट पार्नुभयो ।

प्रशिक्षक देसाईले हरेक दिन नयाँ प्रतिभा खोज्ने आशा रहने गरेको र आज विवेकको प्रदर्शनले आफूलाई धेरै मनोरञ्जन पनि लिएको धारणा दिनुभयो । त्यसैले नयाँ प्रतिभाहरू आउनु नेपाल राम्रो क्रिकेटिङ राष्ट्र रहेको प्रमाणित भएको उल्लेख गर्नुभयो ।

साथै प्रशिक्षक देसार्ईले लक्ष्य भेटाउन सक्ने खालको भएपनि सफल हुन नसकेको उल्लेख गर्दै विपक्षको बलिङ पनि राम्रो रहेको संकेत गर्नुभयो । युएर्ईसँगको सेमिफाइनलमा एक पटक फेरि धैर्यता राख्दै राम्रो खेल्ने उल्लेख गर्दै आफ्नो टोलीप्रति पूर्ण विश्वास रहेको पनि बताउनु भयो । त्यसैले आजको हारमा कुनैपनि खेलाडी दोसी नरहेको भन्दै उनले खेलाडीहरूको बचाउ पनि गर्नुभयो ।