२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिनमा थपिए तनहुँमा एक सय बयासी डेङ्गु सङ्क्रमित



अ+ अ-

तनहुँ । तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेङ्गु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै एक सय ८२ जना नयाँ डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लामा सोमबारसम्म छ हजार चार सय ८४ जना डेङ्गु सङ्क्रमित रहेकोमा वृद्धि भई छ हजार छ सय छैसठ्ठी जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

व्यास नगरपालिकामा ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि पाँच हजार चार सय १५ रहेको यस पालिकामा थपिएर पाँच हजार चार सय ७५ जना पुगेको छ । डेङ्गु सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ भने कतिपय पोखरा र चितवनसम्म धाउन थालेका छन् ।

जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय ९६, ऋषिङ गाउँपालिकामा एक सय ९४, भिमाद नगरपालिकामा एक सय ८४, म्याग्दे गाउँपालिकामा एक सय १०, भानु नगरपालिकामा ८४, बन्दीपुर गाउँपालिकामा ४७, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा २२ र घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् ।

यसबाट बच्न बयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउनेलगायतमा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताउनुभयो ।

डेङ्गु सङ्क्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरुप औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रसस्त पिउने, फलफूल खाना र आराम गर्न उहाँले सुझाव दिनुभयो । रासस