२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप: उपाधि दाबेदार दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३को ३२औँ खेलमा आज उपाधिका दुई दाबेदार दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै छन् । पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार दिउँसोको २:१५ बजेबाट सुरु हुनेछ ।

जारी विश्वकपमा दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित अंकतालिकाको दोस्रो स्थानमा छ । यस्तै, न्युजिल्यान्ड पनि ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका आज विजयी भएमा शीर्षस्थानमा उक्लिनेछ । भारत ६ खेलमा अपराजित रहदै १२ अंकका साथ शीर्षस्थानमा छ । न्युजिल्यान्ड पनि दक्षिण अफ्रिकालाई हराउँदै विश्वकपमा सेमिफाइनल सम्भावना बनाउने सोचमा हुनेछ ।

जारी विश्वकपमा दुबै टोलीले सानदार ब्याटिङ प्रदर्शन गरिरहेकाछन् । त्यसैले आजको खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

न्युजिल्यान्डका युवा ब्याटर रचिन रविन्द्रले पछिल्लो खेलमा अष्ट्रेलियाविरुद्ध १ सय १६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । ओपनिङ खेलमा इंग्ल्यान्डविरुद्ध पनि रचिनले १ सय २३ रन बनाएका थिए । यस विश्वकपमा रचिनले ४ सय ६ रन बनाई सकेका छन् । न्युजिल्यान्डका डर्याल मिचेलले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले ६ खेलमा ३ सय २२ रन बनाएका छन् ।

यता, दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककले पनि तीन शतकसहित ४ सय ३१ रन बनाइसकेका छन् । यस्तै, युवा ब्याटर एडेन माक्ररम, हेनरिक क्लासेन र रास्सी भानर डर डुसेन दक्षिण अफ्रिकाको भरपर्दा ब्याटर हुन् । माक्ररमले श्रीलंकाविरुद्ध ४९ बलमै शतक हानेका थिए ।

बलरतर्फ न्युजिल्यान्डमा ट्रेन्ट बोल्ट, लोकी फर्गुसन र म्याट हेनरी तीव्र गतिका विश्वस्तरिय बलर छन् । उता दक्षिण अफ्रिकामा पनि कागिसो रबाडा, लुन्गी एनगिडी, मार्को यानसन र जेराल्ड कोट्जी रहेका छन् ।

हेड-टु-हेड

विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच हालसम्म ८ खेल भएको छ । जसमा न्युजिल्यान्डले ६ खेल जितेको छ भने दक्षिण अफ्रिका २ खेलमा विजयी भएको छ । न्युजिल्यान्डले १९९९ को विश्व कपपछि दक्षिण अफ्रिकासँग हारेको छैन ।

न्युजिल्यान्डको सम्भावित प्लेईङ ११:

डेभन कोनवे, विल यंग, ​​रचिन रविन्द्र, डेरिल मिचेल, टम लाथम (कप्तान), ग्लेन फिलिप्स, जिमी नीशम, मिचेल स्यान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट, लोकी फर्ग्युसन ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेईङ ११:

टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक, रसी भान डेर डुसेन, एडेन मार्कराम, हेनरिक क्लासेन, डेभिड मिलर, मार्को जेन्सेन, कागिसो रबाडा, केशव महाराज, जेराल्ड कोएत्जी, लुंगी एनगिडी ।