५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजेल र मट्टितेलको भाउ लिटरमा ४ रुपैयाँ घट्यो



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ ।

निगमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

नयाँ मुल्य अनुसार अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६८ रुपैयाँ थियो ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ ।