१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक छः अध्यक्ष नेपाल



file photo
अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताउनुभएको छ ।

मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले देशको शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताउनुभएको हो । उहाँले विश्व समुदायको सहयोग आवश्यक पर्ने पनि बताउनु भयो । यद्यपी सो विषय आफूहरुकै पहल, योजना र तत्परतामा हल हुने स्पष्ट पार्नुभयो । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले संसदमा सम्बोधन गर्दै विश्व शान्तिमा नेपालको भुमिकाको उच्च प्रशंसा गर्नुभएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संक्रमणकालिन न्यायसँग जोडिएको विषयमा नेपालकै पहलकदमीमा यो विषयलाई टुंग्याउनुपर्छ । पर्यावरणको समस्यालाई पनि उहाँले प्रत्यक्ष रुपमा आफूले देखेको, अनुभुत गरेको कुरा बताउनुभएको छ । त्यसले विश्वको ध्यान आकर्षित गर्छ भन्ने लाग्दछ । यस्तो कुरामा नेपाल जस्तो देशको कुनै भुमिका छैन । विकसित देशहरुले, सम्पन्न देशहरुले यसको जिम्मेवारी बोक्नुपर्दछ भन्ने बताउनुभयो । विश्व शान्तिमा नेपालको भुमिकाको उच्च प्रशंसा गर्नुभयो ।

लुम्बिनी, सगरमाथा र अन्नपूर्ण को भ्रमण गर्न ठाउँ चयन गर्नुले उहाँको नेपाल प्रतिको निकटता, आत्मियता व्यक्त हुन्छ । गौरववान्वित तुल्याएको छ । खुशी छौँ । शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थनको हामी अपेक्षा गर्दछौँ । विश्व समुदायले आवश्यक सहयोग गर्नुपर्ने हुन्छ । तर मुख्यत्ः हाम्रो पहलमा, हाम्रो योजनामा, हाम्रो तत्परतामा हल हुने कुरा हो ।’

अध्यक्ष नेपालले महासचिव गुटरेसले नेपालप्रति निकटता र आत्मियता देखाएको पनि बताउनु भयो ।