८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

भोलिदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

भोलिदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी
फाईल फोटो
अ अ+ अ-

गोदावरी (ललितपुर): फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जावलाखेलमा भोलिदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० सुरु हुने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु हुन लागेको प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा सहभागी नर्सरी÷फर्महरुले उत्पादन गरेको गोदावरी फूलका पाँच प्रजातिबीच प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर छन् ।

एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सीताराम पन्तले मेलाको सबै तयारी पूरा भएको बताउनुभयो । “मेला पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, सजाटवमा रुचि राख्ने र यससम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ति उपयोगी हुने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “पुष्प व्यवसायका क्षेत्रमा भएका विकास र नवीनतम् प्रविधिलगायतको जानकारी पनि उपलब्ध हुनेछ ।”

प्रदर्शनीको सह–आयोजकमा पुष्प विकास केन्द्र छ । साथै सहयोगी संस्थामा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रायोजकमा सेवा कोकोपिट र बैंकिङ साझेदारमा कृषि विकास बैंक छ । प्रदर्शनीमा व्यावसायिक कक्ष ५१, प्रतियोगितात्मक कक्ष दुई र सूचनामूलक चार गरी ५७ प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिनेछ ।

प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन र रु एक करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । मेलामा टिकट नम्बरका आधारमा हरेक दिन लक्की ड्र पनि गरिनेछ । एसोसिएसनले २०५१ सालदेखि पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ । रासस

हाल ४८ जिल्लामा लगभग दुई सय २१ हेक्टरमा पुष्प व्यवसाय भइरहेको छ । जसमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी चार लाख ४० हजारभन्दा बढी जनशक्ति रोजगार छन् । पुष्प व्यवसायको कारोबार वार्षिक १० देखि १५ प्रतिशतले भइरहेकामा कोरोना महामारीका कारण असर पुगेको थियो । आर्थिक वर्ष २०७८-८९ रु दुई अर्ब ३० करोडको हाराहारीमा पुष्प व्यवसायको कारोबार भएको थियो । साथै आव २०७९÷८० मा रु तीन अर्ब सात करोडभन्दा बढीको कारोबार भएको थियो ।  रासस