११ असार २०८३, बिहीबार
,
Latest
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ताइन् गायिका लता मंगेशकर



अ+ अ-

मुम्बई । भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ । 

उनको मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान ९२ वर्षको उमेरमा निधन भएको हो ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा इन्डोरमा भएको थियो । 

स्वास्थ्यमा समस्या देखिए पछि उनलाई हिजो अस्पताल भर्ना गरिएको थियो । यसअघि उनमा कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । 

तर, उपचार पछि स्वास्थ्यमा क्रमिक सुधार आए पछि उनलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आए पछि शनिबार भेन्टिलेरमा राखेर उपचार थालिएको थियो ।

बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिएकी उनी फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित छिन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत थुप्रै व्यक्तित्वले उनको निधनमा शोक व्यक्त गरेका छन् ।