४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

भारत कोरोना : एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या २ लाख १७ हजार

भारत कोरोना : एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या २ लाख १७ हजार
अ+ अ-

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाख १७ हजार भन्दा बढी संङ्क्रमित हुनु बिहीबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि बुधबार एक दिनमा २ लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए  ।

कोरोना सङ्क्रमणबाट  बिहीबार एकैदिनमा एक हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७४ हजार नाघेको छ ।पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने, बुधबार र बिहीबार २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन्  । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । 

भारतमा हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म ११ करोड ७२ लाख २३ हजार भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् ।

विगत केही दिनहरुमा कोभिड १९ को सङ्क्रमण उच्च रहेको छ  । सङ्क्रमण बढ्दै गएपछि विद्यालयहरुले परीक्षा रद्द र स्थगित गर्दै आएको छ  ।भारतको पश्चिम बंगालमा बाँकी रहेको चार चरणमा मतदान के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको सहभागीतामा शुक्रवार एउटा महत्वपूर्ण बैठक बस्ने जनाइएको छ । राष्ट्रिय राजधानी दिल्ली एक सावधानी उपायको रुपमा एक साताको क्र्फयु शुक्रवार रातिबाट शुरु भएको छ । रासस