४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

पाकिस्तानले जित्यो अफ्रिका विरुद्धको टी२० शृंखला

पाकिस्तानले जित्यो अफ्रिका विरुद्धको टी२० शृंखला
अ+ अ-

सेन्चुरियनः पाकिस्तानले दक्षिण अफ्रिका विरुद्धको चार खेलको २०–२० क्रिकेट शृंखला ३–१ ले जितेको छ । शृंखला अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफ्रिकाले निर्धारित २० ओभरमा १९.३ ओभरमा सबै विकेट गुमाएर १४४ रनमात्र बनाउन सकेको थियो । अफ्रिकाका लागि जे मलानले ३३ र भ्यान डर डुसेनले ५२ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तैमा आउट भएका थिए ।  

पाकिस्तानी बलरहरु हसन अलि र फाहिम अश्रफले ३–३ तथा ह्यारिस राउफले २, शाहिन अफ्रिदी र मोहम्मद नवाजले समान एक एक विकेट लिएका थिए ।

१४५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको पाकिस्तानले राम्रै शुरुआत गरेपनि जितका लागि अन्तिममा संघर्ष गर्नु परेको थियो ।

स्कोरबोर्डमा १ रन हुँदा प्रारम्भिक ब्याट्सम्यान मोहम्मद रिजवान ० रनमै आउट भएका थिए । तर त्यसपछि फखार जमानले ६० र कप्तान बाबर आजमले २४ रन बनाएर पाकिस्तानलाई सम्मानजनक स्थितिमा पु–याएका थिए ।

तर त्यसपछि पाकिस्तानी इनिङ ध्वस्त भएको थियो । मोहम्मद हाफिज १०, हैदर अलि ३, असिफ अलि ५, फहिम अश्रफ ७ रन बनाएर आउट भए । तर क्रिजमा डटेर बसेका मोहम्मद नवाजले अविजित २५ र हसन अलिले २ रन बनाएर पाकिस्तानलाई १ बल बाँकी हुँदा जित दिलाए ।

पाकिस्तानी खेलाडी फहिम अश्रफलाई प्लेयर अफ द म्याच दिइएको थियो भने पाकिस्तानी कप्तान बाबर आजमलाई प्लेयर अफ दी सिरिज घोषित गरियो । AFP