४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

कोहलपुर दुर्घटनाका पाँचै मृतकको सनाखत

कोहलपुर दुर्घटनाका पाँचै मृतकको सनाखत
अ+ अ-

राँझा । शुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ । 

मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१२ निवासी २१ वर्षीय उदय बाठा, कोहलपुर–१३ निवासी २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी– ७ का ४१ वर्षीय जीवनकुमार विक, झापा मेची नगरपालिका– १० का ४५ छत्रबहादुर कटवाल र सिराह सुखीपुर गाउँपालिका–३ निवासी ३२ वर्षीया अम्बिका कान्ति रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

अम्बिकासँगै रहेकी डेढ वर्षीया छोरीलाई शिक्षण अस्पताल कोहलपुरमा सुरक्षितरुपमा राखिएको छ । दुर्घटनामा घाइते भएका ३७ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जनाको अवस्था सामान्य रहेको छ । सामान्य घाइते २९ जनालाई शिक्षण अस्पतालले घर पठाएको छ । 

सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र ‘अनटेस्ट’ मालबाहक टिपर कोहलपुर–१३ स्थित रोहिणी खोला नजिकै बाँके राष्ट्रिय निकुञ्ज सडक खण्डमा एकापसमा ठोकिएका थिए ।