४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

भारतबाट फर्किएका नौ जनामा कोरोना सङ्क्रमण

भारतबाट फर्किएका नौ जनामा कोरोना सङ्क्रमण
अ+ अ-

बाँके । बाँकेमा भारतबाट आएका नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

बाँकेको नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारतबाट आज नेपाल प्रवेश गरेका १४ जनालाई कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा नमूना परीक्षण गर्दा नौ मा पुष्टि भएको हो । 

बाँकेमा आज भारतबाट नेपाल फर्किने कूल नेपालीमध्ये ६४ दशमलव २८ प्रतिशतमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालगञ्जस्थित जमुनाह नाकामा सञ्चालन गरिएको स्वास्थ्य सहायता कक्षमा गरिएको नमूना परीक्षणमा भारतको गुजरात र दिल्लीबाट आएका नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । भारतको गुजरातबाट आएका सात र दिल्लीबाट आएका दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा सुर्खेतका छ तथा बाँके, दाङ र जाजरकोटका एक–एक जना रहेको प्रमुख चन्दले जानकारी दिनुभयो । 

भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपाल फर्किएकाबाट नेपालमा पनि कोरोना सङ्क्रमण तीव्रगतिमा फैलिनेतर्फ मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले गत चैत ११ गतेदेखि जमुनाह नाकामा स्वास्थ्य कक्ष स्थापना गरी नेपाल आउनेहरूको ज्वरो नाप्ने तथा शङ्कास्पद देखिएमा एन्टिजेन प्रविधिमार्फत कोरोनाको जाँच गर्दै आएको छ । 

भारतमा अहिले तीव्ररूपमा सङ्क्रमण बढेकाले रुपैडिहामा किनमेलका लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल–भारत सीमाक्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमानाकामा कडाइसँगै अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्र बाँकेको बैठकले आग्रह गरेको छ । 

बाँकेमा कोरोना सङ्क्रमण दर अस्वभाविकरूपमा बढ्दै  गएको बताइएको छ । स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्ताका गरिएमा विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्रविन्दु बन्ने आशंका बढेको छ । 

बाँकेमा आज मात्रै १०६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो  । उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा १९० जनाको स्वाब परीक्षण गर्दा १०६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।