५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडको जित



अ+ अ-

एजेन्सी । इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यान्चस्टर युनाइटेडले डिएगो डालोको सुन्दर गोल मद्दतले शेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यस सिजन युनाइटेडको लिगमा लगातार दोस्रो जित हो । यसअघि ब्रेनफोर्डलाई पनि २–१ गोल अन्तरले नै पराजित गरेको थियो ।

युनाइटेडका लागि पहिलो गोल ब्रुनो फर्नान्डेजको क्रसपासमा स्कट म्याकटोमेनीले खेलको २८ औं मिनेटमा गरेका थिए । तर युनाइटेडको अग्रता धेरैबेर टिकेन ।

शेफिल्ड युनाइटेडका लागि ३४औं मिनेटमा ओलिभर म्याकबर्नीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि पनि युनाइटेडले शेफिल्डको पोस्टमा लगातार प्रहार गरे पनि गोल हुन सकेको थिएन । अन्तत: ७७ औं मिनेटमा डिबक्स रेखानजिकबाट डिएगो डालोले सुन्दर गोल गरेका थिए ।

यो जितसँगै युनाइटेडले ९ खेलबाट १५ अंक सहित आठौं स्थानमा उक्लेको छ । यद्यपी अंक तालिकाको पहिलो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ९ खेलबाटै २१ अंक छ ।

शेफिल्ड युनाइटेड भने यस सिजनमा कमजोर प्रदर्शन गर्दै एक अंक सहित लिगको पुछारमा छ ।