४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

पुटिनका आलोचक नभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक : चिकित्सक

पुटिनका आलोचक नभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक : चिकित्सक
अ+ अ-

एजेन्सी । ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै १८ दिनदेखि अनशनरत रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बनेको उहाँको एक रूसी चिकित्सकले ट्वीटरमार्फत् सार्वजनिक गरेको एक सन्देशमा उल्लेख गरिएको छ । 

उपचारमा ध्यान नदिइए जेलमा रहेका रुसी विपक्षी अभियानकर्मी एलेक्सी नभाल्नीको ‘केही दिनभित्र ज्यान जान सक्ने’ उहाँका चिकित्सकले बताउनुभएको छ । हालै गरिएका रगत परीक्षणका नतिजाले उहाँ हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्थाको शिकार हुन सक्ने देखाएको चिकित्सकहरूले बताएका हुन् । 

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले जेलमा रहेका नभाल्नीको अवस्थालाई ‘पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त’ भन्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी पुराना अभियोगहरूमा गत फेब्रअरी महिनामा जेल पठाइएको थियो ।

तत्काल नभाल्नीलाई हेर्ने अनुमति माग्दै उनकी निजी चिकित्सक डा. अनास्तासिआ भसिलिएभासहित चारजना चिकित्सकले कारागार अधिकारीहरूलाई पत्र लेख्नुभएको छ ।

डा। भसिलिएभाले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेको पत्रमा विज्ञहरूका अनुसार नभाल्नीको शरीरमा पोटासियमको मात्रा ‘जटिल मोडमा’ पुगेको उल्लेख गरिएको छ । यसका कारण उहाँलाई कुनै पनि समय मिर्गौलाको काम र मृटुको धडकनमा गम्भीर समस्या हुनसक्ने चिकित्सकहरूले बताएका छन् । 

रगतमा पोटासियमको तह प्रतिलिटर ६.० मिलिमोल्सभन्दा बढी भएपछि विरामीलाई तत्काल उपचार गराउनुपर्ने हुन्छ । तर नभाल्नीका वकिलहरूमार्फत् उपलब्ध गराइएको रगत परीक्षणको नतिजामा उहाँको रगतमा पोटासियमको तह प्रतिलिटर ७.१ रहेको जनाइएको छ । रगत परीक्षणका नतिजा र हालसालै विष दिइएको घटनालाई ध्यानमा राख्दै तत्काल नभाल्नीको स्वास्थ्य परीक्षण गर्न दिन चिकित्सकहरूले कारागार अधिकारीहरूलाई आग्रहसमेत गरेका छन् ।

सन् २०२० को अगस्ट महिनामा स्नायु प्रणालीलाई असर गर्ने विष दिइएकोमा ४४ वर्षीय नभाल्नीको झण्डै ज्यान गएको थियो । उक्त घटनामा राष्ट्रपति पुटिनको समेत सम्लग्नता रहेको नभाल्नीले दावी गर्दै आउनुभएको छ । तर रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले ती आरोप अस्वीकार गर्दै आएको छ ।

नभाल्नीकी श्रीमती युलिआले अमेरिकीसमाचारसंस्था एपीलाई दिएको जानकारीमा नभाल्नीले अनशन शुरू गरेयता उहाँको तौल नौ किलोभन्दा बढी घटेको र हाल ७६ किलोग्राम पुगेको उल्लेख छ ।