४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

मन्त्रिपरिषदले जसपाका नेता कार्यकर्तामाथिको मुद्दा फिर्ता लियो

मन्त्रिपरिषदले जसपाका नेता कार्यकर्तामाथिको मुद्दा फिर्ता लियो
अ+ अ-

काठमाडौं । सरकारले मधेस तथा थरुहट–थारुवान आन्दोलनमा मधेशी नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।  

एकजना मन्त्रीले दिएको जानकारी अनुसार सरकारले मधेश र थरुहट आन्दोलनका बेलामा जसपा संलग्न नेता तथा कार्यकर्ताहरुमाथि लगाइएको मुद्दा फिर्ता लिने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।  

जसपासँग प्रधानमन्त्री केपी ओलीले सत्ता साझेदारिताको हात बढाएका छन् । यसै क्रममा आफ्ना माग पूरा गनुपर्ने माग सो दलले राखेको छ । सरकारले सोही बमोजिमको निर्णय गर्ने बताउँदै आएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेता महन्थ ठाकुर लगायतबीच भएको छलफलका क्रममा ओलीले जसपाका नेता कार्यकर्ताविरुद्ध रहेका मुद्दा फिर्ता लिन सहमति भएको थियो । 

जसपाले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विभिन्न २४ किसिमका मुद्दा लगाइएको र त्यसमा २०८ जनाको मुद्दा फिर्ता लिन आग्रह गर्दै गृह मन्त्रालयमा फाइल पेश गरेको थियो । 

यसरी जसपाले पेश गरेको फाइल बमोजिम नै सरकारले सबै २०८ जनाकै मुद्दा फिर्ता लिएको हो या केहीको मात्रै हो भन्नेबारेमा भने स्पष्ट भएको छैन । 
यसमा पनि हत्या अभियोगमा थुनामा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिए नलिएको बारेमा पनि केही बताइएको छैन ।