८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि सरकारले शक्तिशाली आयोग गठन गर्नुपर्छ: काँग्रेस सांसद पन्थ

अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि सरकारले शक्तिशाली आयोग गठन गर्नुपर्छ: काँग्रेस सांसद पन्थ
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रश्ताव प्रश्तुत गर्दै उहाँले अन्य संवैधानिक आयोगजस्तै अपांगता भएका व्यक्तिको लागि पनि शक्तिशाली आयोग हुनुपर्ने बताउनुभएको हो ।

सांसद पन्थले सरकारले अपांगता भएका व्यक्तिको संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउने कामलाई प्राथमिकता नदिएको भन्दै आपत्ति समेत जनाउनु भयो । मुलुकमा गणतन्त्र आएको १५ वर्ष पुगिसक्दा पनि सबै नागरिकको जीवनमा परिवर्तन ल्याउने गरी सरकारले कुनै ठोस योजना तथा कार्यक्रम समेत ल्याउन नसकेको सांसद पन्थको गुनासो थियो ।

उहाँले भन्नुभयो, ‘अपांगता सम्बन्धि भएको कानुनहरु कार्यान्वयन हुन नसक्नु मुख्य चुनौतिका रुपमा रहेका छन् । मौजुदा कानुनहरुको कमजोर कार्यान्वयन र कतिपय कानुनमा विद्यमान अपांगता भएका व्यक्तिहरुप्रतिको विभेद अझै पनि बाँकि रहेको कारणले गर्दा एकातर्फ कानून प्रदत्त हकको कार्यान्वयन गर्ने कुरामा पनि राज्यको चासो छैन भने यसमा प्राथमिकता छैन भने अर्को यी सबै कारणहरुले गर्दाखेरी अपांगता भएका व्यक्तिहरुको थप पीर मर्कामा परेका कुराहरु महशुस गरिरहेको स्थिति छ । नेपालको संविधानलगायतका विकासका विभिन्न दस्तावेजहरुले अपांगता भएका व्यक्तिहरुलाई सामाजिक, आर्थिकलगायत थुप्रै अगाडिसँगसँगै लैजाने, पछाडि नपार्ने भन्ने कुरा छ । यसलाई पछाडि पारेको कुरा पनि राज्यले स्वीकार गरिसकेको छ ।’

‘तर सम्बन्धि प्रभावकारी कार्यक्रम हुन नसकेको कुरा हाम्रा सामु छन् । दिगो विकास सम्बन्धि कार्यक्रममा पनि अपांगता भएका व्यक्तिलाई समेटन सकेको छैन । मुुलुकमा व्यवस्था परिवर्तन भईरहने, अनि संघीयता, गणतन्त्र स्थापना भएको अहिले १५ वर्ष भईसक्यो संविधान आएको पनि । हामीले तीन तहको निर्वाचन गरेको पनि ८ वर्ष भइसक्यो । यस बीचमा थुप्रै कानुनहरु पनि बने । ६ वटा नीति तथा कार्यक्रम आईसके । यी सबै स्थितिले पनि हामीलाई चाँही निराशाजनक अवस्थामा नै राखिरहेको अवस्था छ । यी सबै कुराहरुलाई हामीले मध्यनजर गरेर अपांगता भएका व्यक्तिको पक्षमा बनेका संवैधानिक, नीतिगत कुराहरु छन । कानुनी व्यवस्थाहरु छन । यी सबै कुरालाई कार्यान्वयन गर्ने कुरा, यसमा रहेका विभेदकारी कुराहरु हटाउने कुरा, अव बन्न बाँकि रहेका कानुनहरुलाई बनाउने कुरामा जोड दिन चाहन्छौं । अपांगता भएका व्यक्तिहरुको विषय बस्तुलाई सम्बोधन गर्नका लागि शक्तिशाली आयोग वा प्रतिष्ठान बनाउनु पर्‍यो ।’

सांसद पन्थले अपांगता भएका व्यक्तिहरुको हित अनुकूलका कानूनहरु कार्यान्वयनमा ध्यान दिन पनि सरकारलाई सचेत गराउनु भयो ।