२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोर्डनले गाजापट्टीमा राहत विमान पठायो



अ+ अ-

एजेन्सी । जोर्डनले बिहीवार गाजा पट्टीमा अत्यावश्यक चिकित्सा सामग्रीसहित मानवीय सहायतासहितको विमान पठाएको छ ।

इजिप्टका अधिकारीहरुसँगको समन्वयपछि रफाह सीमा नजाका हुँदै गाजापट्टीमा पुग्नुअघि राहत विमान इजिप्टमा अवतरण भएको थियो । यो सहायता गाजापट्टीमा जारी द्वन्द्वको बीचमा चिकित्सा उपचार सुनिश्चित गर्नका लागि पठाइएको हो ।

इजरायल र प्यालेस्टाइनबीच भएको आक्रमणमा दुवै पक्षले अहिलेसम्म ठूलो क्षति व्यहोरेको छ । बिहीवारसम्म मृतकको संख्या २ हजार ६ सय भन्दा बढी छ ।