२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा सप्ताह लगाएर बनाईँदैछ पशुपतिनाथ मन्दिर र बौद्धनाथ गुम्बा



अ+ अ-

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको लागि यस पटकको दशैं खास हुँदैछ । खास यसकारण कि यस पटक नवरात्रीको ९ दिनसम्म नवाह यज्ञ गरिँदैछ भने टीकाको दिन सामूहिक टिका लगाउने र शुभकामना साटासाट गर्ने तयारी छ ।

भिक्टोरियाको डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ ९घटस्थापना देखि विजया दशमीसम्म० सम्म आयोजना गरिने नवाह ज्ञान महायज्ञमा प्रमुख वाचकको रुपमा पण्डित् दिनबन्धु पोख्रेल अतिथि रहनेछन् ।

उनलाई बालब्यास श्रावण गुरुले साथ दिनेछन् । मेलबर्नमा निर्माणाधीन बहुसांस्कृतिक केन्द्रको सहयोगका लागि ज्ञान महायज्ञको आयोजना गरिएको हो।

नवाह ज्ञान महायज्ञको पहिलो दिन अर्थात अक्टोबर १५ तारिख दिउँसो ३ बजे कलश यात्रा गरेर महायज्ञको सुरुवात गर्ने संयोजक आनन्द पौडेलले जानकारी दिए। कलस यात्रा सकिएपछि नवाहको कथा बाचन सुरु गरिनेछ ।