२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लेटलेट काउन्टमा कमी आएपछि शुभमन गिल अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टीमका दायाँ हाते ब्याट्सम्यान शुभमन गिल चेन्नईको एक अस्पतालमा भर्ना भएका छन्।

डेंगु सङक्रमण भएका युवा ओपनिङ ब्याट्सम्यान गिलको प्लेटलेट काउन्टमा कमि आएपछि उनलाई कावेरीस्थित मल्टि केयर स्पेशलिटी अस्पताल भर्ना गरिएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मेडिकल टोलीले पनि उनको अवस्थाको अनुगमन गरिरहेको आजतक रिपोर्टले जनाएको छ। गिलको प्लेटलेट काउन्ट गर्दा ७०,००० भएपछि उनलाई अस्पताल लगिएको बीसीसीआई स्रोतले पीटीआईलाई भनेको छ ।

डेंगु सङक्रमणका कारण गिलले आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियाविरुद्धको पहिलो खेल गुमाएका थिए । बीसीसीआईले उनलाई निको हुन समय लाग्ने भएकोले अक्टोबर ११ मा अफगानिस्तानविरुद्धको खेल पनि गुमाउने बताएको थियो ।

गिल अस्पताल नै भर्ना हुनुपरेपछि अक्टोबर १४ मा हुने बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेलमा सहभागी हुनेछन् कि छैनन् भन्नेमा शंका छ ।

गिलको अनुपस्थितीमा भारतले अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलसँग इशान किशनलाई ओपनिङमा पठाएको थियो । तर, अष्ट्रेलियन बलर मिचेल स्टार्कको आउटगोइंग बलमा इशान गोल्डेन डकमा पेभिलियन फर्किएका थिए ।