२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लेटलेट काउन्टमा कमी आएपछि शुभमन गिल अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टीमका दायाँ हाते ब्याट्सम्यान शुभमन गिल चेन्नईको एक अस्पतालमा भर्ना भएका छन्।

डेंगु सङक्रमण भएका युवा ओपनिङ ब्याट्सम्यान गिलको प्लेटलेट काउन्टमा कमि आएपछि उनलाई कावेरीस्थित मल्टि केयर स्पेशलिटी अस्पताल भर्ना गरिएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मेडिकल टोलीले पनि उनको अवस्थाको अनुगमन गरिरहेको आजतक रिपोर्टले जनाएको छ। गिलको प्लेटलेट काउन्ट गर्दा ७०,००० भएपछि उनलाई अस्पताल लगिएको बीसीसीआई स्रोतले पीटीआईलाई भनेको छ ।

डेंगु सङक्रमणका कारण गिलले आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियाविरुद्धको पहिलो खेल गुमाएका थिए । बीसीसीआईले उनलाई निको हुन समय लाग्ने भएकोले अक्टोबर ११ मा अफगानिस्तानविरुद्धको खेल पनि गुमाउने बताएको थियो ।

गिल अस्पताल नै भर्ना हुनुपरेपछि अक्टोबर १४ मा हुने बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेलमा सहभागी हुनेछन् कि छैनन् भन्नेमा शंका छ ।

गिलको अनुपस्थितीमा भारतले अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलसँग इशान किशनलाई ओपनिङमा पठाएको थियो । तर, अष्ट्रेलियन बलर मिचेल स्टार्कको आउटगोइंग बलमा इशान गोल्डेन डकमा पेभिलियन फर्किएका थिए ।